Monday 19th January 2026

लुम्बिनी समाज नेपाल कुवेतको छैटौं अधिवेशन ११ अगष्ट २०२३ मा हुने


लुम्बिनी समाज नेपाल कुवेतको छैटौं अधिवेशन आगामी अगस्ट ११ तारिक २०२३ शुक्रबार को दिन हुने भएको छ । सो कुरा समाजका अध्यक्ष नेत्र पेमी मगरले मिडिय मार्फत जानकारी गराएका हुन् ।

“सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मुला नाराको साथ २०१३ मा स्थापना भएको लुम्बिनी समाज नेपाल कुवेतले कुवेतमा रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीबासीहरुलाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुवेतले अतिथी कलाकारको साथमा छैटाैं अधिवेशन मनाउने भएको हो ।

आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेतले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने गृह जिल्ला तथा ग़ैर जिल्लामा विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।

कार्यक्रममा कुवेतमा रहनु हुने लुम्बिनीवासीहरु लगायत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,बुद्धिजिवि,समाजसेवी,पत्रकार,कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अग्रिम निमन्त्रणा दिदै उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन अध्यक्ष मगरले विनम्र अनुरोध गरेका छन्।

आयोजक : लुम्बिनी समाज नेपाल कुवेत ।
कार्यक्रम: छैटौं अधिवेशन तथा वार्षिक उत्सव ।
स्थान : पछि सार्वजनिक गरिने ।
मिति/समय : अगस्ट ११ तारिक बिहान ११ बजेदेखि ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...