Tuesday 16th April 2024

नेपालको अपराजित यात्राले एसियन कपका लागि स्थान तय भयो


काठमाडौं । एसीसी प्रिमियर कपमा युएईविरुद्धको फाइनल खेल नेपाल ले जितेको छ । गुलसनले ८४ खेलेर ६७ रन जोडेका थिए । उनी नट आउट रहे यसरी नै भीम सार्कीले गुलसन लाई साथ दिदै ७२ बलमा ३६ रनमा नटआउट रहे ।

गुलसनको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो । उनी तेस्रो नम्बरमा ब्याटिङमा आएका थिए । नेपालका ओपनर कुशल भुर्तेल १ तथा अर्का ओपनर आसिफ शेख ८ रनमा आउट भएका थिए । कप्तान रोहित पौडेलले १ रन बनाएका थिए ।

नेपालले युएईले दिएको १ सय १८ रजको लक्ष्य पछ्याउने क्रममा ३० दशमलब ३ ओभरमा लक्ष्य भेटटायो । हिजो र आज गरेर युएई ले ३३ दशमलब १ ओभर खेल्दै ११८ रनको लक्ष्य पुरै वीकेट गुमाएर दिएको थियो । एसियन कप छनौटको लागि भएको खेलमा नेपाल ले अपराजित यात्रा तय गरेर आफ्नो स्थान पक्का गरेको हो ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका…

भियतनामको अदालतले बैंक ठगी मुद्दामा एक ६७ वर्षीया महिलालाइ मृत्यदण्डको फैसला सुनाएको छ । ट्रुङ मी लान नाम गरेकी ति…

मुस्लिम धर्माबलम्बीहरूको महान पर्व ईद आज हर्षोल्लासका साथ मनाइँदैछ्। एक महिनासम्म रोजा गरेर सकिए पछि आज ईद मनाइँदै छ। रमदान…

प्रतिकृयाहरू
...