Monday 19th January 2026

जन-जागृति युवा समाजद्वारा नेपालका विपन्न क्यान्सर पीडितहरूलाइ आर्थिक सहयोग


जन-जागृति युवा समाज कुवेतले नेपालका विपन्न क्यान्सर पीडितहरलाइ आर्थिक सहयोग गरेको छ । समाजले स्याङ्जाकी बिष्णु माया कामी र ओखलढुंगाका आरडियल तामाङलाइ सो सहयोग गरेको हो । फरक फरक समयमा प्राप्त भएका सहयोगका याचिकाको आधारमा समाजले फरक फरक समयमा रकम संकलन गरि जम्मा १६१ केडी सहयोग गरेको हो ।

जन-जागृति युवा समाजका सदस्यहरूमार्फत विपन्न अवस्थाका पीडितहरूलाइ जो सकेको सहयोग गर्न अनुरोध भइ आएपछि जन-जागृति युवा समाजको कोष तथा सदस्यहरूबाट स्वस्फुर्त रूपमा संकलन गरि जम्मा भएको रकम सहयोग गरिएको हो ।

स्याङ्जाकी बिष्णुमाया क्यान्सर पीडित भइ उपचार गराइरहेको अबस्थामा उपचारार्थ सहयोग होस भनि कुवेती दिनार १०९ केडी सहयोग गरिएको थियो जुन रकम संस्थाका उपाध्यक्ष जिवन सुनार तथा सचिव सन्तोष सुनारले पीडितको घरमै गइ सहयोग हस्तान्तरण गरेका थिए । त्यसै गरि ओखलढंगाका विपन्न अबस्थाका बालक आरडियल तामाङको घुँडामा हड्डीको क्यान्सर भइ खुट्टा नै काट्नुपर्ने अबस्था अाएकोमा निजको उपचारार्थ सहयोग होस भनि समाजको तर्फबाट पीडितको आमाको नाममा ५२ केडी सहयोग पठाएको हो ।

स्मरण रहोस, जन-जागृति युवा समाज कुवेतले स्थापनाकालदेखि नै जनचेतना, राहतउद्दार तथा मानविय र सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...