Thursday 2nd May 2024

एनआरएनए कुवेतको आठाैं राष्ट्रिय महाधिवेशन जुलाइ २१ मा, अप्रिल १५ देखि पञ्जिकृत सदस्यता फारम खुलाइने


गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वयय परिषद कुवेतको सन २०२३-२५ कार्यकालको लागि आठाैं राष्ट्रिय महाधिवेशन आगामी २१ जुलाइ २०२३ का दिन हुने भएको छ भने सो प्रयोजनको लागि एनसीसी कुवेतले आगामी १५ अप्रिल २०२३ देखि पञ्जिकृत सदस्यताको लागि अनलाइन फारम खुल्ला गर्ने भएको छ । एनसीसी कुवेतले एक प्रेस वक्तव्य जारी गरि सो कुराको जानकारी दिएको हो ।

एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा र महासचिव दिल कुमार पाख्रिनद्वारा हस्ताक्षरित वक्तव्यमा जनाए अनुसार एनसीसी कुवेतको २०२१-२३ कार्यकाल समाप्त हुन केही महिना मात्र बाँकी भएकोले २०२३-२५ को निर्वाचनको तयारीमा एनसीसी कुवेत जुटिसकेको जनाउँदै २१ जुलाइमा सम्पन्न गर्ने आठाैं राष्ट्रिय महाधिवेशनको लागि १५ अप्रिलदेखि १५ जुनसम्म २ महिनाको लागि पन्जिकृत सदस्यता फारम खुल्ला गर्ने र पञ्जिकृत सदूयता शूल्क २ कवेती दिनार राखिएको जानकारि दिइएको छ भने पञ्जिकृत सदस्यता फारम भर्नको लागि members.nrna.org मा गएर फारम भर्न सकिने जनाइएको छ ।

प्रेस वक्तव्य जस्ताको तस्तैः

कुवेतमा श्रम गरिरहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको कार्यकाल २०२१-२०२३ सम्पन्न हुन केही महिना मात्र बाँकी रहेको छ। हामी अब कार्यकाल २०२३-२०२५ को लागि निर्वाचनको तयारिमा जुटिसकेको यहाँहरुमा जानकारी गराउन चहान्छौँ। हिजो अर्त्थात ७ अप्रीलमा कुवेतको फहाहिलस्थित विश्व इन्टर्नेश्नल रेस्टुरेन्टमा बसेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नियमित मासिक बैठकले जुलाइ २१ तारिकका दिन NRNA-NCC कुवेतको निर्वाचन मिति तय गरेको छ। सो निर्वाचनको लागि यहि अप्रील १५ तारिक देखि १५ जुन सम्मा दुई महिनाको लागि NRNA को पञ्जिकृत सदस्यताको आवेदन खुला गरिएको र सदस्यता शुल्क यथावत २ कुवेती दिनार राखिएको यहाँहरुलाइ जानकारी गराउँदछौँ।

सदस्यता आवेदन फारम NRNA ले निर्माण गरेको MIS SYSTEM द्वारा अनलाइनमा members.nrna.org मा प्रप्त गर्न सकिनेछ। दस्तुर बुझाएर सदस्यता स्वीकृत गराउन तथा थप जानकारिका लागि NRNA कुवेतका निम्न ब्यक्तित्वहरुलाइ ई-मेल र टेलिफोन मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।

1 Ranadhwoj Lama President [email protected] +965-67726405
2 Man Bahadur Tamang General Secretary [email protected] +965-97557313
3 Manish KC Secretary [email protected] +965-51003611
4 Sonam Lama Sub Treasure [email protected] +965-52552675
5 Keshar Ghalan Tamang Spoke Person [email protected] +965-97567280
6 Bijay Dhami Member [email protected] +965-65142228

स्मरण रहोस,गैर आवासिय नेपाली संघले निर्दिष्ट गरेको विधान तथा नियमावली अनुसार संघका राष्ट्रिय समन्वय परिषदका राष्ट्रिय महाधिवेशनहरू अन्तर्राष्ट्रिय महाधिवशेन भन्दा पहिले जुलाइ महिनाको अन्त्यसम्म सम्पन्न गरिसक्नु पर्ने प्रावधन छ भने राष्ट्रिय महाधिवेशन क्षेत्रिय संयोजकको सुपरिवेक्षणमा सम्पन्न गर्नु पर्ने र अधवेशन भन्दा १ महिना पहिले नै क्षेत्रिया संयोजकलाइ अाधिकारिक जानकारी दिनुपर्ने प्रावधान छ ।


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...