Saturday 22nd August 2026

सन्दीप लामिछाने विरूद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै


सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उनकै कानुन व्यवसायीको अनुरोधमा पेशी स्थगित गरिएको थियो ।

गत भदौ ५ गते राती सिनामंगलस्थित एक होटेलमा लगेर बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध एक किशोरीले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका अनुसार पक्राउ परेका लामिछाने रिहा भए पछि पछिल्लो समयमा भने किशोरीको जाहेरी विवादास्पद हुँदै गएको छ । मुख्यतः उनी नाबालिग हो कि होइन भन्ने विषयमा अहिले चर्चा परिचर्चा हुन थालेको हो ।

यसअघि कडा सर्त राखेर उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो भने सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट टुङ्ग्याउन आदेश दिए पछि जिल्ला अदालतले आज पेशी तोकेको हो ।

उनी पुस २९ मा २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागी थुनामा पठाएको आदेश बदर गरेको थियो । सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर मात्र विदेशमा खेल्न जान अनुमति दिएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...