Saturday 20th April 2024

१९औं माउण्ट एभरेष्ट कपमा ११ नेपाली शसक्त टिमहरु सहभागी हुने


जय आले, ११ मार्च २०२३, कुवेत । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले आगामी १७ मार्च २०२३ का दिन आयोजना गर्न गैरहेको “१९औं माउण्ट एभरेष्ट कप फुटबल टुर्नामेण्टमा ११ नेपाली टिमहरुले सहभागीता जनाउने भएका छन ।

बिगत २३ वर्षदेखी प्रवासी नेपालीबीच निरन्तर रुपमा कृयाशिल रहेको क्लवको १९औं टुर्नामेण्टमा बिगतका चरणहरुका बराबरिमा नेपाली टिमहरुको सहभागीता रहेको छ।

क्लवले हिजो १० मार्च २०२३ का दिन कुवेतको महबुल्लास्थित फुटबल मैदानमा टिम दर्ता र गोला प्रथा गराई टाईसिट सार्वजनिक गरेको हो।

टाईसिटका अनुसार सहभागी टिमहरुमा;
पोल (ए)बाट योङ्ग स्टार एफसी, फर्वानिया एफसी, नमस्ते एफसी, पुर्वेली टाईगर एफसी, तामाङ्ग घेदुङ्ग कुवेत र सरोकार समाज कुवेत रहेका छन भने पोल (बि)बाट मङगाफ एफसी, नुवाकोट धादिङ्ग रसुवा समाज, एनएफएच एफसी, मगर सँघ कुवेत र इलेभेन स्टार एफसी रहेका छन।

आगामी १७ मार्च २०२३ शुक्रबारका दिन कुवेतको फाहाहिलस्थित सुकसवा फुटवल मैदानमा बिहानको ठिक ०८.०० बजेदेखी शुरु हुने फुटबल खेल हेर्न क्लवले कुवेतमा रहनु भएका सम्पूर्ण खेलप्रेमी नेपालीहरुलाई चुले निमन्त्रणा दिएको छ।

यसैगरी क्लवले टुर्नामेण्ट सफल पार्नको लागि कुवेतको स्थानिय कानुनलाई ध्यानमा राख्दै निम्नानुसार नियमावली सार्वजनिक गरेको छ।

१) १९औं माउण्ट कपका सम्पूर्ण खेलहरु आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले जिम्मा लगाईएका सक्षम रेफ्रीहरुबाट खेलाईने छ। खेल अवधिमा रेफ्री र लाइन्स म्यानहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ।
२) कुनै पनि खेलाडिले रेफ्रिलाई अपशब्द प्रयोग गरेमा या रेफ्रिको आदेश तथा निर्णयलाई उल्लङ्घन गरेमा उक्त खेलाडिलाई सिधै रेड कार्ड प्रदान गरिने छ। यसका साथै, १९औं माउण्ट एभरेष्ट कपको खेल अवधिमा कुनै पनि खेलाडीलाई प्रदान गरिने पहेंलो कार्डको जरिवाना २ केडी र सोही खेलाडीले एकै खेलमा २ पहेंलो कार्ड पाएमा ५ केडी जरिवाना तोकिएको छ भने एक खेल खेल्नबाट प्रतिबन्धित हुनेछ। यसैगरी, कुनै पनि खेलाडीले सिधै रातो कार्ड पाएमा १० केडी जरिवाना र २ खेल खेल्नबाट प्रतिबन्धित हुनेछ। जसको लागि डिपोजिट स्वरुप २० केडी प्रत्येक टिमले टिम दर्ता गराउँदा आयोजकलाई बुझाउनु पर्नेछ। यदि जरिवाना तिर्न नपरेको खण्डमा पुरै २० केडी र कथं-कदाचित जरिवाना तिरेको खण्डमा बचेको डिपोजिट रकम आयोजकले फिर्ता गर्नेछ।
३) सम्पूर्ण टिमका खेलाडी तथा टिम म्यानेजरलाई आफ्नो सिभिल आईडीको फोटोकपी टिम दर्ताको दिनमा आयोजकलाई बुझाउन अनुरोध गरिएको छ। दर्ताको दिन नबुझाउने टिम म्यानेजर र खेलाडीले खेल सञ्चालन हुने दिन १७ मार्चमा अनिवार्य रुपमा बुझाउनु पर्ने र नबुझाउने कुनै पनि खेलाडिलाई टुर्नामेण्टमा समावेश गराउन आयोजक असमर्थ रहने छ।
४) प्रत्येक टिमबाट ६/६ जना स्वयंसेवकको समेत नामावली दिनु पर्ने र आफ्नो टिमको खेलको दिन स्वयंसेवक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने या कारणवस उपस्थित हुन नसकेमा टिमले अर्को सवयंसेवक खटाई नामावली आयोजकलाई खेल शुरु हुनु आगावै दिनु पर्नेछ।
५) १९औं माउण्ट एभरेष्ट कप फुटबल टुर्नामेण्ट सदा झैं नक्आउट चरणको आधारमा खेलाईने छ।
६) टुर्नामेण्टमा सहभागी हुने प्रत्येक टिमका खेलाडिहरुले जर्सी र खुट्टाको प्याड अनिवार्य रुपमा लगाउनु पर्नेछ भने खेलाडी संख्या टिम मेनेजर सहित १७ जनाको समुहमा हुनु पर्नेछ।

७) कुनै पनी बिदेशी खेलाडीलाई मान्यता दिईने छैन। खेलको प्रतिश्पर्धामा भबितब्य पर्न गई घट्न सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यबहार प्रति टिम मेनेजर र टिम क्याप्टेन स्वयं उत्तरदायी हुनु पर्नेछ।
८) कुनै पनि खेलाडिले मादक पदार्थ सेवन गरी खेलमा सरिक भएको थाहा हुन गएमा उक्त खेलाडीलाई पुरा टुर्नामेण्टबाटै निलम्बन गरी आवश्यक स्थानिय कानुन बमोजिम कार्वाहीको लागि कुवेतको सुरक्षा निकायमा हस्तान्तरण गर्न आयोजक वाध्य हुनेछ।
९) कुनै पनि समुहका खेलाडीलाई एक समुहबाट अर्को समुहमा खेल्न मनाही गरिएको छ। यदि त्यो किसिमको स्थिती देखिन आएमा प्रतिवादी समुहका टिम मेनेजरले आयोजकलाई सूचित गर्न सक्ने छ।
१०) टुर्नामेण्टमा प्रतिश्पर्धा गर्ने सहभागी समुह आयोजकले निर्धारण गरेको खेल समयभन्दा आधा घण्टा अगावै खेल मैदानमा उपस्थित भईसक्नु पर्नेछ। यदी तोकिएको समयको १५ मिनट भित्रमा पनि प्रतिश्पर्धी समुह उपस्थित नभएमा ‘फ्री किक’ मार्फत विजयी घोषित गरिने छ भने दुबै समुह कारणवश तोकिएको समयमा उपस्थित हुन नसकेमा आयोजकले परिस्थिती हेरी कुनै पनि निर्णय गर्न सक्नेछ।
११) सहभागी समुहहरुले आफ्ना खेलाडीहरुलाई पेय पदार्थ, जलपान, खाना, औषधी उपचार र यातायात जस्ता आबश्यकतामूलक चिजहरुको व्यवस्था स्वयंले गर्नु पर्नेछ।
१२) खेलको समय अवधी पहीलो चरण २० मिनेट, ५ मिनेट आराम र दोस्रो चरण पनि २० मिनेट गरी ४० मिनेटको खेलाईने छ। यदी खेल बराबरी भएमा बिना थप समय खेल सिधै पेनाल्टी शुट-आउट मार्फत हार-जितको निर्णय गराईने छ।
१३) कुनै पनि टिमका खेलाडी या टिम सपोर्टरहरुले मादक पदार्थ सेवन गरी वा नगरी होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधिहरु गरी खेललाई असर गरेको खण्डमा उक्त व्यक्तिलाई तुरुन्त कुवेतको सुरक्षा निकायलाई जिम्मा लगाई कानुन बमोजिम कार्वाहीको लागि पहल गर्न आयोजक वाध्य हुनेछ।
१४) १९औं माउण्ट एभरेष्ट कप टुर्नामेण्ट एक आधुनिक एवं आर्टिफिसियल तथा चारैदिशा सिसी टिभी क्यामेरा जडित मैदानमा आयोजना हुन गैरहेकोले कुनै पनि खेलाडी, व्यक्ती बिशेष, समुह तथा टिम सपोर्टरहरुलाई खेल मैदानभित्र धुम्रपान, मध्यपान नगर्न, असहज परिस्थिती उत्पन्न नगर्न, पानीका बोतल र कागजहरु नफाल्न कुवेतको स्पोर्टस एकाडेमिले आदेश जारी गरेको छ भने ग्राउण्ड चौबिसै घण्टा खेलकुद मन्त्रालयको सिसी टिभी सर्भिलेन्समा रहने छ।

थप जानकारीको लागि:
मोहन राई ९७३७२८५८, राज मल्ल ठकुरी ६००६७५७२, सुरेश गुरुङ ६६२८२२७५, डम्बर मोक्तान ५१५९३०४९, जय आले ६६१८७१०७, जगत मगर ९९२८८३२०, शिव पौडेल ६६२८१२५७, आनन्द श्रेष्ठ ६७०१००६५, आयुर घले ९६६३५६०९, सन्त लम्साल ९९१०१४०८ अर्थात क्लवका कुनै पनि सदस्यहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...