Tuesday 29th September 2026

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित


तितोपाटी डटकम-होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थिए ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार (भालु) श्रेष्ठ निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्ष र दितृय उपाध्यक्षमा निपु सराप र राजकुमार श्रेष्ठ चयन भएका छन् ।

संघको महासचिवमा भने राजकुमार प्याकुरेल चयन भएको निर्वाचन समितिले जनाएको छ ।यस्तै, सचिवमा राजेन्द्र कुमार तिया, सहसचिव– हरिगोपाल सापकोटा, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ र सहकोषाध्यक्षमा विनोद लामिछाने चयन भएका छन् ।

अन्य सदस्यहरुमा रामशरण नेपाल, अमृत बहादुर श्रेष्ठ, होम बहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नमराज मरठ्ठा, कल्पना पौडेल, सुदिप देवकोटा र राजन भट्ट चयन भएका छन् । सबै केन्द्रिय पदाधिकारीसहित कार्यसमिति सदस्य सर्वसम्मत चयन गरिएको हो ।
विधानत संघको केन्द्रिय कार्यसमिति सदस्य २१ रहनेछ । जसमध्ये निर्वाचित कार्यसमितिले तीन जना सदस्य मनोनित गरिनेमा तत्काल दुई जनालाई मनोनित गरिएको र १ जना मनोनित गर्न बाँकी नै राखिएको अध्यक्ष नेपालले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...