Monday 26th January 2026

राष्ट्रपति पदका लागि कांग्रेसबाट पाैडेल र एमालेबाट नेम्वाङको उम्मेदवारी


राष्ट्रपति पदका नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसले पार्टीका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको हो। एमालेले चाहिँ संविधानसभाका पूर्व अध्यक्ष समेत रहेका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पौडेलको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा छन् भने नेम्वाङको पक्षमा एमालेका सांसदहरू प्रस्तावक र समर्थक रहेका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनका लागि शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...