Monday 5th October 2026

मालीमा विद्रोही आक्रमण : कम्तीमा ५० सैनिक मारिए, २४ बन्धक


मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने २४ जना सैनिक बन्धक बनाइएका बताइएको छ। शनिबार अनेफिसबाट बाहिरिँदै गरेको माली सेनाको काफिलामाथि घात लगाएर आक्रमण गरिएको थियो।

यसअघि जुलाईको सुरुतिर विद्रोही समूहहरूले अनेफिस शहर कब्जा गरी माली सेना र रुसी सहयोगी बलले प्रयोग गर्ने सैनिक आधारलाई घेरेका थिए। आक्रमणको जिम्मेवारी टुआरेग अलगाववादी समूह र ‘ग्रुप फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम्स’ले लिएका छन्।

स्थानीय अधिकारीहरूले यसलाई माली सेनामाथि पछिल्ला वर्षहरूकै सबैभन्दा घातक आक्रमणमध्ये एक बताएका छन्। यद्यपि सेनालाई सहयोग गरिरहेका रुसी अर्धसैनिक बलका सदस्यहरू आक्रमणको समयमा घटनास्थलमा नभएकाले उनीहरूको कुनै क्षति भएको छैन। लगातारको असुरक्षा र विद्रोही गतिविधिका बीच मालीको सैनिक सरकारले सुरक्षा अवस्था सुधार गर्ने चुनौती सामना गरिरहेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...