Wednesday 21st October 2026

फ्रान्स र स्पेनमा भीषण डढेलो: हजारौँ मानिस विस्थापित


फ्रान्स र स्पेनमा भीषण डढेलोका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

फ्रान्सको दक्षिण-पश्चिमी तटस्थित काप फेरेट प्रायद्वीप पूर्ण रूपमा खाली गराइएको छ। गिरोन्द क्षेत्रमा फैलिएको आगोले हालसम्म करिब १०,००० हेक्टर जंगल र जमिन जलेको छ। हजारौं मानिस सडक र डुंगामार्फत सुरक्षित स्थानतर्फ गएका छन्।

यता स्पेनमा म्याड्रिड नजिकका विभिन्न क्षेत्रमा डढेलो नियन्त्रणबाहिर गएपछि सरकारले राष्ट्रिय आपत्काल घोषणा गरेको छ। १९,००० भन्दा बढी मानिसलाई घर छोड्न निर्देशन दिइएको छ। स्थानीय अधिकारीहरूले यसलाई म्याड्रिड क्षेत्रको इतिहासकै सबैभन्दा भयावह डढेलो बताएका छन्।

फ्रान्समा ४०,००० भन्दा बढी र अन्य प्रभावित क्षेत्रमा २३,००० भन्दा बढी मानिस विस्थापित भएका छन्। दर्जनौं घर तथा अन्य संरचनाहरू आगोले नष्ट गरेको छ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, खडेरी र तीव्र हावाले युरोपभर डढेलोको जोखिम बढाइरहेको छ।

Source: BBC

https://www.bbc.com/news/articles/cdx82rl5g0do


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...