Wednesday 30th September 2026

फ्रान्स र स्पेनमा भीषण डढेलो: हजारौँ मानिस विस्थापित


फ्रान्स र स्पेनमा भीषण डढेलोका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

फ्रान्सको दक्षिण-पश्चिमी तटस्थित काप फेरेट प्रायद्वीप पूर्ण रूपमा खाली गराइएको छ। गिरोन्द क्षेत्रमा फैलिएको आगोले हालसम्म करिब १०,००० हेक्टर जंगल र जमिन जलेको छ। हजारौं मानिस सडक र डुंगामार्फत सुरक्षित स्थानतर्फ गएका छन्।

यता स्पेनमा म्याड्रिड नजिकका विभिन्न क्षेत्रमा डढेलो नियन्त्रणबाहिर गएपछि सरकारले राष्ट्रिय आपत्काल घोषणा गरेको छ। १९,००० भन्दा बढी मानिसलाई घर छोड्न निर्देशन दिइएको छ। स्थानीय अधिकारीहरूले यसलाई म्याड्रिड क्षेत्रको इतिहासकै सबैभन्दा भयावह डढेलो बताएका छन्।

फ्रान्समा ४०,००० भन्दा बढी र अन्य प्रभावित क्षेत्रमा २३,००० भन्दा बढी मानिस विस्थापित भएका छन्। दर्जनौं घर तथा अन्य संरचनाहरू आगोले नष्ट गरेको छ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, खडेरी र तीव्र हावाले युरोपभर डढेलोको जोखिम बढाइरहेको छ।

Source: BBC

https://www.bbc.com/news/articles/cdx82rl5g0do


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...