Saturday 17th October 2026

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार


नेपालको प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ प्रिमियम ब्यूटी स्टुडियो सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यससँगै कम्पनीले पोखराको लेकसाइड र न्युरोडपछि आफ्नो सेवा राष्ट्रिय स्तरमा विस्तार गरेको जनाएको छ। नयाँ स्टुडियोमार्फत प्रिमियम नेल आर्ट, म्यानिक्योर, पेडिक्योर, नेल तथा ल्यास एक्सटेन्सनलगायत अन्तर्राष्ट्रियस्तरका सौन्दर्य सेवा प्रदान गरिनेछ।

कम्पनीले बेलो ब्लस एकेडेमीमार्फत सौन्दर्य शिक्षामा पनि योगदान दिँदै आएको छ र निकट भविष्यमा काठमाडौंमा पनि एकेडेमी सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। सन् २०२१ मा प्रिया गुरुङले घरको सानो कोठाबाट सुरु गरेको बेलो ब्लस अहिले पोखरा र काठमाडौंमा विस्तार भई नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्डका रूपमा स्थापित हुँदै गएको कम्पनीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...