Friday 23rd October 2026

युट्युव ट्रेन्डिङको शीर्ष स्थान ‘छक्का पञ्जा ४’ को ट्रेलर


यो वर्षको प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव टे«न्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलरले समाचार तयार गर्दासम्म १० लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । ट्रेलरले ४२ हजार बढी लाइक पनि पाएको छ ।

फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका एक युवकको खराब स्वभाव र शैली चित्रण गरिएको छ । ट्रेलरमा सुधार गृहबाट निस्किएपछि राजा पात्रको राजनीतिक यात्रा र त्यसक्रममा आउने विभिन्न आरोह–अवरोह समेत बुनिएको छ । हेमराज विसीले निर्देशन गरेको फिल्ममा नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक राज गिरीकै कथा, पटकथा तथा संवाद रहेको फिल्म आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो । फिल्मका कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।

-रातोपाटी

 

 


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...