Monday 29th December 2025

टर्कीमा ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सयाैं मानिस हताहत


टर्कीमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ ।

सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी भवनहरू भत्किएका अधिकारीहरूले बताएका छन्।

सिरियाली स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको र भूकम्पमा परी २०० जना घाइते भएको राज्यको समाचार एजेन्सी सानाले जनाएको छ।

सिरियन अमेरिकन मेडिकल सोसाइटी (साम्स) ले टर्कीसँग सीमा जोडिएको उत्तर-पूर्वी सिरियाका अस्पतालहरू “घायल मानिसहरूले भरिएको” बताएको छ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...