Monday 19th January 2026

कुवेतमा चौतारी रेस्टुरेन्टको अर्को शाखा पन्चेबाजा घन्काउदै गरियो उद्घाटन


तितोपाटी- कुवेतको मालिया सिटीमा रहेको चौतारी नेपाली रेस्टुरेन्टले आफ्नो शाखा महबुल्लामा संचालनमा ल्याएको छ  । मालिया सिटीमा २०१४ देखि चलिरहेको चौतारीको नयाँ शाखा बिहीवार औपचारिक रूपमा संचालनमा आएको हो । कुवेतमा होटेल ब्यबसायमा छुट्टै पहिचान बनाउन सफल  राजु कार्की र सुजन केसीका लगायतको संयुक्त लगानीमा उक्त नेपाली रेस्टुरेन्ट संचालनमा आएको हो  । चौतारी  समुहले केहि महिना पहिला मालिया सिटीमा डाम्प़ा रेस्टुरेन्ट समेत संचालनमा ल्याएको छ ।

May be an image of 3 people, people standing, balloon and indoor

बिहिबार चौतारी रेस्टुरेन्ट महाबुल्ला शाखा कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारीले उद्घाटन गरेका थिए ।पन्चे बाजा घन्काएर गरिएको उद्घाटन कार्यक्रममा कुवेत स्थित  नेपाली दुतावास परिवार, कुवेतका लागि भुटानका राजदुत सहित नेपाली संघ सस्थाका प्रतिनिधि  बुद्दिजिबी समाजसेवी   पत्रकार लगायतको उपस्थिति रहेको थियो।

पछिल्लोपटक कुवेतमा नेपालीहरुको रेस्टुरेन्ट ब्यावसायमा आकर्षण बढ्दै गएको छ। कुवेतका मुख्य सिटीहरु फाइल, फर्वानिया, मालिया , सालिमिया, महाबुल्लामा नेपालीहरुले रेस्टुरेन्ट संचालन गर्दै आएका छन ।

May be an image of 3 people and people standingMay be an image of 9 people, people sitting, people standing and indoorMay be an image of 7 people and indoor


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...