Wednesday 7th January 2026

हाम्रोलाई नभई राम्रोलाई मतदान गर्ने दिन भोली


बसन्त थापा,कुवेत

तीतोपाटी- चुनाव नजीकीए संगै माहोल पनी उत्तिकै तातेको अब पनी हामी सतर्क नहुनेहो भने पार्टीको मात्र सोच्ने  हो भने देश जनताले आगामीपाँच वर्ष अझ संकटको सामना गर्नुपर्ने हुन्छ

देशको विकास उत्थानका लागि देशका प्रत्येक नागरिकले आफ्नो मतको प्रयोग गर्नुपर्दछ ताकि हाम्रो देशबाट मुद्रास्फीति, भ्रष्टाचार, गरिबी, बेरोजगारी लगायतका समस्यालाई जरैबाट उखेलेर देश विकासको बाटोमा अघि बढ्न सकोस्

संघको चुनावको लागी अब केबल एकदिन मात्र बाकी छ। हाम्रो देश नेपाल लोकतान्त्रिक देश हो, जहाँ प्रत्येक वयस्क नागरिकलाईआफ्नो मत प्रयोग गर्ने अधिकार छ। त्यसैले हरेक नागरिकले आफ्नो मतको प्रयोग गर्नुपर्छ, किनभने जुनसुकै देशको विकासको चित्र पनिमतदाताले नै तय गर्ने गर्छ

त्यसैले सरकार गठनमा सहयोग गर्नु देशका प्रत्येक वयस्क नागरिकको दायित्व हो

हाम्रो देशको लोकतान्त्रिक प्रणालीमा प्रत्येक वर्षमा निर्वाचन गर्ने व्यवस्था देशमा विभिन्न प्रकारका चुनावहरू आयोजना गरिन्छ।

तर यी सबैमा सबैभन्दा महत्वपूर्ण कुरा के हो भने सबै निर्वाचन जनताको सहभागितामा मात्र हुने हो, अर्थात् देशको भाग्य, आफ्नो राज्य, सहर, गाउँ गाउँ जनताले नै तय गर्ने हो

केन्द्र वा प्रदेश सरकार जनताले मात्रै गठन गर्ने हो प्रत्येक वर्षमा हुने संघको निर्वाचनमा जनताले आफ्नो मत प्रयोग गरी देशको नेतृत्वसम्हाल्ने देशको अभूतपूर्व विकासको जिम्मेवारी सम्हाल्ने देशको प्रधानमन्त्री चुन्छन्

त्यसैगरी नेपाका वटै राज्यका लागि हुन लागेको निर्वाचनमा प्रदेशका प्रत्येक वयस्क नागरिकले आफ्नो मत प्रयोग गरी राज्यकोसरकार चुन्नका लागि भूमिका खेल्नुपर्ने छ।

प्रदेशमा भएका विकास निर्माणका कामको जिम्मेवारी प्रदेश सरकारको हो राज्यका प्रत्येक नागरिकको हितमा काम गर्ने हो यसरीदेशको हितका लागि प्रत्येक योग्य व्यक्तिले भोट दिनु अति आवश्यक छ। किनभने भोट जस्तो शक्तिशाली हतियार प्रयोग गरेर हामीजुनसुकै सरकारलाई ढाल्न पनि सक्छौं निर्माण पनि गर्न सक्छौं

पहिला भन्दा अहिले हाम्रो देशमा केही मतदानको प्रतिशत बढ्ने देखीन्छ अर्थात् भोटिङबारे धेरै सचेतना आएको तर आज पनि भोटकोमहत्त्व नबुझेका योगदान नगर्ने धेरै छन् सरकारको गठन देशमा कतिपय यस्ता व्यक्तिका कारण गलत जनप्रतिनिधि निर्वाचित भएरदेशको विकास हुँदैन, किनभने धेरैले आफ्नो मत प्रयोग गरेपछि मात्रै सहि जनप्रतिनिधि चयन गर्न सहयोग मिल्छ

त्यसैले कुनै पनि लोकतान्त्रिक मुलुकका लागि मतदान अत्यन्तै महत्त्वपूर्ण हुन्छ, किनभने मतदानले जनतालाई देशको भविष्य निर्माणमायोगदान गर्ने अवसर मात्र होइन, जनहितमा पनि दिन्छ। तसर्थ प्रत्येक नागरिकले मतदान गरेर आफ्नो मौलिक कर्तव्य पूरा गर्नुपर्छ


सम्बन्धित शीर्षकहरु

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेको वैधानिकता सोमबार संयुक्त राष्ट्र संघमा चर्चामा आउनेछ, तर ल्याटिन अमेरिकी राज्यमा आफ्नो सैन्य…

प्रतिकृयाहरू
...