Wednesday 4th February 2026

बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ७ को मृत्य, १६ घाइते


बझाङको मष्टा गाँउपालिकामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु छ भने १६ जना घाइते भएका छन्।

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका- २, खेतकोट जाँदै गरेको सुपप्र ०१-००१च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।

जिप दुर्घटना हुँदा घाइते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक छ। दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्।

कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ। जिप सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाँउपालिका वडा नं २ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा छन्।


सम्बन्धित शीर्षकहरु

सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा…

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

प्रतिकृयाहरू
...