Thursday 22nd January 2026

शोभा अाचार्य गाैतमको षड्ऋतु “दशैं”


दशैकाे लहर
छाएर अाएकाे
घर घर खुसी
लिएर अाएकाे
मानाै है रमेर
उमंग छरेर।

निधारमा अक्षता
हरिया जमरा
अाशिर्बाद लिन्छौं
सानालाई दिन्छौं
पिङ पनि खेल्छाै
खुसी साटी मान्छाै।

महान चाड याे
महत्त्व छ कति
बर्षमा अाउने
सबै जाती मान्ने
संस्कृति याे हाम्रो
प्रमुख छ राम्रो ।

परम्परा देखि
चलिनै अाएकाे
सबै जना भेला
दुख सुख साट्ने
एक अापसमा
मिलि दशै मान्ने ।

परदेशी पनि
परिबार संझी
अाउदै हाेलान
गाउकाे संझना
साथमा बाेकेर
खुसीकाे लिएर।

सप्तरङ्गी फूल
फुलेर अागन
सजिएका घर
रंग र राेगन
दशैकाे स्वागत
गरेकाे हेरन।

शाेभा अाचार्य गाैतम


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...