Tuesday 11th August 2026

नेपाल फाइनलमा पराजीत भएपछि राष्ट्रिय टिम छाड्ने प्रशिक्षकको घोषणा


साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजीत भएपछि राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले पद त्‍याग गर्ने घोषणा गरेका छन्। आफ्नो लक्ष्य उपाधि जित्ने भएको र त्यो पूरा नभएपछि पद त्याग गर्ने उनले बताए।

‘मेरो लक्ष्य साफको उपाधि जित्ने थियो। तर त्यो पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ,’ उनले भने,‘अरू प्रशिक्षकलाई स्थान दिन पद त्याग गर्छु।’यसअघि सोमबार दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप खेलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजीत भएको थियो। योसमेत गरी नेपाल पाँचौं‌ पटक फाइनलमा पराजीत बनेको हो।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

रुसको तातारस्तान क्षेत्रस्थित निज्नेकाम्स्क (Nizhnekamsk) शहरमा युक्रेनले गरेको ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते…

साउदी अरबको राजधानी रियादमा रहेको सोफा उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा १६ जना बंगलादेशी आप्रवासी कामदारको मृत्यु भएको छ।…

जर्मनीबाट इजरायललाई ‘INS Drakon’ पनडुब्बी हस्तान्तरण, इरानविरुद्ध रणनीतिक क्षमता बलियो इजरायलले जर्मनीबाट आफ्नो नौसेनाको नयाँ INS Drakon पनडुब्बी औपचारिक रूपमा…

प्रतिकृयाहरू
...