Wednesday 28th October 2026

फिलिपिन्समा आँधी र मनसुनी वर्षाको कारण कम्तीमा १२ जनाको मृत्यु


उष्णकटिबन्धीय चक्रवात ‘लुइस’ र ‘मेमे’ तथा तीव्र दक्षिणपश्चिमी मनसुनी वर्षाका कारण उत्तरी फिलिपिन्समा कम्तीमा १२ जनाको मृत्यु भएको छ। फिलिपिन्सको नागरिक सुरक्षा कार्यालय (OCD) का अनुसार मृतकहरू इलोकोस, कालाबार्जोन र कोर्डिलेरा प्रशासनिक क्षेत्रबाट रिपोर्ट गरिएका छन्।

अधिकारीहरूले ११ जना घाइते र ८ जना बेपत्ता भएको विवरण पनि पुष्टि गर्ने क्रममा रहेको जनाएका छन्।

खराब मौसमका कारण देशका १० क्षेत्रमा करिब ३ लाख ८४ हजार ५ सय २० परिवार, अर्थात् १३ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा पुनर्स्थापना कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...