Sunday 4th October 2026

फिलिपिन्समा आँधी र मनसुनी वर्षाको कारण कम्तीमा १२ जनाको मृत्यु


उष्णकटिबन्धीय चक्रवात ‘लुइस’ र ‘मेमे’ तथा तीव्र दक्षिणपश्चिमी मनसुनी वर्षाका कारण उत्तरी फिलिपिन्समा कम्तीमा १२ जनाको मृत्यु भएको छ। फिलिपिन्सको नागरिक सुरक्षा कार्यालय (OCD) का अनुसार मृतकहरू इलोकोस, कालाबार्जोन र कोर्डिलेरा प्रशासनिक क्षेत्रबाट रिपोर्ट गरिएका छन्।

अधिकारीहरूले ११ जना घाइते र ८ जना बेपत्ता भएको विवरण पनि पुष्टि गर्ने क्रममा रहेको जनाएका छन्।

खराब मौसमका कारण देशका १० क्षेत्रमा करिब ३ लाख ८४ हजार ५ सय २० परिवार, अर्थात् १३ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा पुनर्स्थापना कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

प्रतिकृयाहरू
...