Wednesday 28th October 2026

नाइजेरियामा १,५०० जोडीको सामूहिक विवाह


नाइजेरियाको कानो राज्य सरकारले आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने उद्देश्यले १,५०० जोडीको दुई दिने सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम कानो राज्यका गभर्नर अब्बा कबीर युसुफको नेतृत्वमा आयोजना गरिएको हो।

विवाह कार्यक्रममा प्रत्येक दुलहीलाई २ लाख नाइरा दाइजोका रूपमा उपलब्ध गराइएको छ भने साना व्यवसाय सुरु गर्न आर्थिक सहयोग पनि प्रदान गरिएको छ। नवविवाहित जोडीलाई बेड, गद्दा र कम्बललगायत घरायसी सामग्री समेत वितरण गरिएको थियो।

कार्यक्रमअघि सहभागी जोडीहरूको स्वास्थ्य परीक्षण र वैवाहिक परामर्श गरिएको थियो। महँगी र गरिबीका कारण विवाह गर्न नसकेका परिवारलाई राहत दिने तथा सामाजिक स्थिरता कायम राख्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको सरकारको भनाइ छ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...