Thursday 20th August 2026

मुख्यमंत्रीले गरे लिङथोइलाई सम्मान


डा. हरिमोहन पोखरेल, कोहिमा /हालैमा साराजेवोमा संपन्न भएको विश्व कैडेट जुडो चैम्पियनशिपमा भारतबाट प्रतिनिधित्व गर्दै गएर गोल्ड मेडल जित्नमा सफल हुने कुमारी लिङथोई चांदमलाई नागलेंड सरकारले सम्मानित गरेको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले लिङथोईलाई एउटा खदा ओडाएर सम्मानित गरे ।
सानो समारोहमा बोल्दै बिरेनले भने कि मणिपुरले विश्वको खेलको पटलमा नया पाठ सिकाउने काम गरेको छ ।सानो राज्य भए पनि खेल प्रतिको चासोले इतिहास बनाई रहेको छ ।

उनले अगाडि भने कि कुमारी लिङथोईलिङथोईले सानो उमेरमा ठूलो कार्य गरेको छ ।सरकारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने छ । उनले अगाडि थपे कि भारतवर्षको खेल मन्त्रालयले पनि सा -साना खेलाडीहरू प्रति नया नीति तैयार गर्नुपर्ने बेला आएको छ । मणिपुरवासीको आशीर्वादले एकदिन अवश्य पनि लिङथोइले पाउनेछिन ।

स्मरण रहोस् मणिपुर खेलको क्षेत्रमा पावरहाउस हो भन्दा फरक नपर्ला ।
–डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

चीनमा निर्मित COMAC C919 यात्रुवाहक विमानले पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान पूरा गरेको छ। अगस्ट १२, २०२६ मा Air…

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

प्रतिकृयाहरू
...