Sunday 28th June 2026

चारू साहित्य प्रतिष्ठानद्वारा पुस्तक लोकार्पण तथा तीज विशेष कार्यक्रम सम्पन्न


तारा प्रसाद चापागाइ, काठमाडाैँ/चारु साहित्य प्रतिष्ठान अायाेजनामा काठमाडौ, भक्तपुर , ललितपुरका स्रष्टाहरू बीच पुस्तक लाेकार्पण तथा तीज विशेष कार्यक्रम हाेटल हार्दिकको काव्य हलमा यहि १० भदाैका दिन एक समारोहको विच सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा खाेरिया साहित्य सृजना र टुक्का साहित्य समाज कार्यक्रमको सह-आयाेजकको मुख्य भूमिकामा रहेका थिए ।

चारु प्राणेता डा.देवी पन्थीकाे सभापतित्व र वरिष्ठ साहित्यकार रामकृष्ण वान्तवाकाे प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समाजसेवीहरू कलानिधि दाहाल, युवराज नयाँघरे, उर्मिला पन्त पाण्डेय, गंगा कर्माचार्य पौडेल , माया पौडेल सुप्रभात भण्डारी , ध्रुवप्रसाद गजुरेल विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । आमन्त्रित स्रष्टाहरुलाई खोरियाका प्रणेता जनार्दन अधिकारी धड्कनले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा डा. देवी पन्थिद्वारा लिखित तथा नेपाली साहित्यकार विश्व संजालका लागि भुँडी पुराण प्रकाशनद्वारा प्रकाशित “गजलकाे सिद्धान्त र गजलकाे परिवर्तित स्वरुप चारु” तथा ताराप्रसाद चापागाईंद्वारा लिखित तथा प्रकाशित “टुक्का” पुस्तकको प्रमुख अतिथी रामकृष्ण वान्तवा र अन्य विशिष्ट अतिथिहरुद्वारा संयुक्तरूपमा लाेकार्पण गरिएकाे थियाे ।

कार्यक्रममा अध्यक्ष डा.देवी पन्थीले नेपालमा प्रवर्तन भएका विभिन्न विधा तथा उपविधाहरू सङ्गठित भएर सहकार्य गर्दै अगाडि बढ्नु पर्ने कुरामा जाेड दिंदै यो उद्देश्य पूरा गर्न “आविष्करण नेपाल” नामको संस्था गठन भैसकेको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण वान्तवाले “आविष्करण नेपाल” का मनाेनित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रमुख अतिथि रामकृष्ण वान्तवाले गजलको विकल्पमा प्रयोगमा ल्याइएको चारुलाई नदी र समुन्द्रको पानीबाट बनेको बादलसँग तुलना गर्दै चारु रूपी बादलबाट संसारभरि पानी वर्षिने छ र चारु संसारभर फैलने छ भन्नू भयो। उहाँले चारुको लोकप्रियता नेपाल , भारत लगायत विश्वका अनेक देशमा दिनदिनै बढ्दै गरेको र यसबाट नेपाली साहित्यकार पनि साहित्यमा नयाँ प्रयोग गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह विश्वभर भएको बताउनु भयो। उहाँले चारु, खोरिया , टुक्का, उदक, एकलाइने कविता, सन्देश , पञ्चाङ्ग, बाछिटा आदि नव विधाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।

कार्यक्रममा उपस्थित प्रतिनिधि स्रष्टाले चारु, खोरिया, टुक्का, एकलाइने कविता, सन्देश, उदक, तीज गीत प्रस्तुत गरेका थिए । टुक्का कविताका प्रणेता ताराप्रसाद चापागाईंले सहयोगी संस्था प्याब्सन र अन्य सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रमको अन्त्यमा चारु साहित्य प्रतिष्ठानको तर्फबाट तीज भोजको आयोजना गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा दुई वटा शक्तिशाली भूकम्प आएपछि अहिलेसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको छ र हजारौं घाइते भएका छन्। दोस्रो भूकम्प…

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

प्रतिकृयाहरू
...