Wednesday 18th March 2026

ताइवान विवाद र युक्रेन काण्डमा ट्रम्पको पार्टी धेरै परिपक्क


डा. अम्बरिश पोख्रेल – हालको ताइवान विवाद र युक्रेन काण्डमा डोनाल्ड ट्रम्प वा उनको पार्टीे धेरै परिपक्क देखिए ।

विदेश मामला (विदेश नीति) को सवालमा डोनाल्ड ट्रम्प वा उनको पार्टी वा सरकार हालको जोन वाईडेन वा उनको पार्टीे वा सरकार भन्दा बढी परिपक्क र जिम्मेबार रहेछ ।

हालको ताइवान विवादमा पनि ट्रम्पले पोलोसीको भ्रमणलाई विकृत दिमागको उपज भनेका छन। उनले युक्रेन काण्डलाई लिएर विश्व अमेरिकातिर हेरेर हासिरहेको छ समेत भनेका थिए।

स्मरणीय कुरा के छ भने, डोनाल्ड ट्रम्पको पार्टीको सरकाले भन्दा जोन बाईडेन्को पार्टी सरकारमा छँदा विश्वका धेरै मुलुकहरूमा आक्रमण गरेको छ ।

ट्रम्पले आफू राष्ट्रपति हुँदा घरेलु थुप्रै मुद्दाहरूमा विवादस्पद निर्यण वा राय, विचार, घरणा वा मनसाय राखेर आफूलाई केहीहदसम्म अलोकप्रिय बनाए होलान, त्यो अमेरिकन जनताको मुख्य सरोकारको विषय हो तर विश्वव्यापी रूपमा उनी वा उनको पार्टीको विश्व कुटनीतिमा बढी जिम्मेबार र परिपक्क नीति अगाल्न खोज्ने देखिन्छ जुन बाँकी विश्वको लागि राम्रो कुरा हो। हामीले हेर्ने वा व्यहोर्ने भनेको यही पछिल्लो ५ न. बुँदा हो ।

घरेलु नीतिको प्रतिबिम्ब कुटनीति वा बिदेश नीतिमा देखा पर्ने हुन्छ । घरेलु रूपमा डोनाल्ड ट्रम्प चुनाव हार्दै गर्दा, हालको अर्को पार्टीको सरकार बन्यो, जसको कारण विश्वमा नयाँ नयाँ काण्ड सतहमा आएको देखिन्छ ।

अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...