Saturday 21st March 2026

कुवेतमा e-passport को लागि अनलाइन फारम भर्ने प्रकृया र आवस्यक कागजातहरू


दिलकुमार पाख्रीन/१० अगस्ट, कुवेत। पछिल्लो समय नेपाल सरकारले नागरिकहरुको विवरण सुरक्षा र नक्कली पासपोर्ट प्रयोग गरि हुने गरेका अपराधिक क्रियाकलाप कम गराउन e-passport जारि गरेको छ। e-passport हाललाइ अनिवार्य नभए पनि म्याद सकिएर नयाँ बनाउन चहाने, पासपोर्टको पेज सकिएर नयाँ बनाउने, हराएर वा अन्य विविध कारण नयाँ पासपोर्ट बनाउन चहानेहरुलाइ नेपाल सरकारले e-passport वितरण गरिरहेको छ। कलेजी रङ रहेको e-passport मा धातुको चिप रहने र चिपमा पासपोर्ट वाहकको पुर्ण विवरण समावेस गरिएको छ। उक्त चिप मेसिनम राख्दा मेसिनले उक्त पासपोर्ट वाहकको पुर्ण विवरण सहितको जानकारी बताउने गरि e-passport निर्माण गरिएको छ।

नेपालबाट e-passport लिन र विदेशबाट लिन फरक फरक प्रक्रिया रहेको छ। कुवेतबाट e-passport लिन के के प्रक्रिया र कागजात चाहिन्छ भन्ने जानकारी नहुँदा धेरै नेपालीहरुले पटक पटक दूतावास धाउनुपरेको र सास्ती बेहोर्नु परेको छ। विवसत भनौं, आर्थिक श्रोतको कमि भनौं, दूतावासको लाचारिता भनौं या दूतावासको असक्षमता जे सुकै भनौं नेपाली दूतावास कुवेतको कार्यलयमा फोटोकपी मेसिन समेत छैन । भए पनि पबलिकलाइ प्रयोग गर्न पाइँदैन। यदि कुनै पनि काम लिएर दूतावास गइयो र कुनै पनि कागजातको फोटोकपी चाहियो भने कि त हवाल्ली, कि त सिटी नै पुग्नुपर्ने बाध्यता छ । उसै पनि दूतावासको कन्स्युलिङ सर्भिस बिहान ९ बजेदेखी १ बजेसम्म जम्मा ४ घन्टा मात्र छ । दूतावासको काउन्टरमा कहिँ e-passport को लागि के के कागजात चाहिन्छ भन्ने जानकारी टाँस गरिएको पनि छैन । दिनभरी लाम लागेर बस्यो अन्तिममा आफ्नो पालो आउँदा कागजात पुगेन फलानो फलानो कागजात लिएर आउनुहोस भन्छन। त्यसो गर्दा धेरैको काम एकै दिन नबनेर पटक पटक दूतावास धाउनुपरेको धेरै जनगुनासो आएको छ।

अब विविध कारणले दूतावासमा फोटोकपी मेसिन नभएको भन्ने जानकारी भैसकेपछी आवस्यक कागजात र प्रक्रिया त हामीले पनि पुर्‍याउनु पर्‍यो। त्यसको लागि यसो गर्नुहोस।

१. अपोन्ट्मेन्ट लिनुहोस। अपोइन्ट्मेन्टको लागि दूतावासको हटलाइन 98869121 मा सम्पर्क गर्नुहोस वा [email protected] मा इ-मेल गर्नुहोस।
अथवा अनलाइन फारम भर्नुहोस। फारम भर्नको लागि जनजागृती युवा समाज कुवेतले निःशुल्क सुविधा दिइएको छ जसका लागि 97328329, 98096312 वा 67065409 मा फोन गर्नुहोस अथवा NRNA कुवेतले पनि निःशुल्क फारम भरिदिने छ जसको लागि आङ नोर्बु शेर्पालाइ 65055828 मा सम्पर्क गर्नुहोस।

२. आफुले पाएको अपोइन्टमेन्टको दिन वा अनलाइन फारम भरेको भए फारम भरिसकेपछि प्रिन्ट लिएर दूतावास जानुहोस। दूतावास जानू पहिले ख्याल गर्नुहोस पासपोर्टको फोटोकपी, नागतिकताको फोटोकपी सक्कल पासपोर्ट र साथमा १६ केडि पैसा साथमा बोकेर मात्र दूतावास जानुहोस। अन्यथा तपाइको फोटोकपी गर्न बाहिर जानुपर्ने हुँदा दूतावास बन्द भैसकेको हुनेछ। र तपाइको काम बन्ने छैन।

३. अनलाइन फारम भर्दा अनिवार्य रूपमा पासपोर्ट वाहकको फोटो र जारी गर्ने अधिकारीको दस्तखत भएको पेजको अनलाइन कपि, सम्पर्क व्यक्तिको नाम र पुरानो पासपोर्टको नं. लेखिएको पेजको कपि, जन्ममिति र नागरिकता नं. स्पष्ट देखिने गरि नागरिकताको अगाडि पट्टिको कपि, जारी गरेको मिति स्पष्ट देखिने गरि नागरिकताको पछाडीपट्टिको कपि, बुबा अामाको नाम, हकवालाको नाम र नेपालको फोन नं. हाल अध्यावधिक भएको नेपालको ठेगाना, गाउँ वा टोलको नाम, सम्भव भएमा इमेल ठेगान, घर नं. लगायत विवरण तयारी गरेर अनलाइन फारम भर्न सकिन्छ ।

तपाईको जानकारिका लागि, पासपोर्टको भ्यालिडिटी १० बर्षको हुनेछ। जसमा ३२ पेज हुनेछ। यदि तपाईं अन्य विभिन्न देश भ्रमण गरिरहनुपर्ने र पासपोर्टको पेज सकिन्छ भने ३२ केडि तिरेर ६४ पेजवाला पनि पासपोर्ट बनाउन सक्नुहुनेछ। पहिले जस्तो फोटो बोकेर जानू पर्दैन दूतावासमा नै खिचिन्छ।

यति प्रक्रिया र कागजात पूरा गरि दूतावास जानुभएमा तपाइको काम बन्छ। पटक पटक धाएर सास्ती खेप्नु र अन्य अनावश्यक खर्च गरिरहनुपर्दैन।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...