Thursday 1st January 2026

चीनले नेपाललाई सहयोग गर्छ रे ? कहिले र कसरी गर्छ सहयोग ?


अम्बरिश पोख्रेल – आफ्नै देशको अभिन्न भूमिलाई (एउटा सानो टापु ताइवान) मूख्य भुमिसंग जोड्न नसक्ने चिनियाँले बहु ध्रुवीय विश्वको नेतृत्व गर्दैछ भनेर नेपालका ठूला ठूला विद्वानहरु दैनिक लेख, रचना र भाषण गर्दै हुनुहुन्छ, अचम्म लाग्छ !

आज भोलि त्यो मुख्य भूमिको चिनियाँ सेना यो गर्मीमा ताइवान टापुको वरिपरि पौडी खेल्दै छन । गर्मीमा पौडी खेल्ने सही समय हो । अनि वाख्खै वाख्खाई खेल्दै छन आफ्नै देशका चिनियाँ नेता बेइजिङ तीर पनि । यो भन्दा बढी गर्ने गराउने हिम्मत उनीहरूमा थिएन र छैन पनि । भविष्य अन्योल छ, अझै निश्चित छैन उनीहरूको । जुन दिन मल्टी एटोमिक वारहेड मिसाइल, जुन आवाज भन्दा पनि कयौ गुणा बढी गतिको अमेरिका तिर तयार हुन्छ, त्यसको केही मिनट महिना वा वर्ष भित्रमा चीनको पौडी खेल र नेताको वाख्खई खेल सधैका लागि खत्म हुन्छ।

अनि नेपाललाई कहाँ, के के कुराको सहयोग गर्दै छ चीन? अझ ब्यबस्था परिवर्तन गराउन सहयोग गर्छ रे ! केही समय (वर्ष) अगाडि एक दुई वटा नाटक पनि देखाउन खोजेको थियो उसले । हामी गल्तीलाई सुधार्ने प्रयासमा छौ भनेर भनेको पनि हो उसले आफै । केही स्टेप चालेको पनि थाहा भएको थियो केही सूचना अनुसार । खासमा मजाक बाहेक केही होइन रहेछ भन्ने समयले देखाउँदै छ । जस्तै २०६२/६३ पछि राजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबारमा छँदै, तत्कालीन चिनियाँ राजदुतले आफ्नो ओहोदाको प्रमाणपत्र दरबारमा नगरी प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला ज्यू समक्ष प्रस्तुत गरेको कुरा कसरी बिर्सन्छन् नेपालका विद्वान मानिसहरू यति छिट्टै ? कसरी यो प्रकारको ऐतिहासिक कुरामा आँखा चिम्लेर झुटो कुरा बाड्ने गर्छन् नेपाली मानिसहरू आफैले आफैलाई ?

के त्यो प्रकारको उसको रवैया अन्जानमा भएको भनेर परिभाषित गर्न सकिन्छ वा मिल्छ ? पान सुपारी बेच्ने व्यापारीले, आफ्नै ग्राहकको हैसियत बदल्न हिँड्दै छ भनेर विश्वास गर्नु जत्तिकै हास्यास्पद कुरा होइन र ?

स्मरणीय छ, २०६२/६३ पछि करिब चालीस हजार जति (करिब दुई वर्ष अघि २८ हजार पुगेको थियो) नेपालीहरुलाई चिनियाँले आफ्नै खर्चमा त्यहाँ लैजाने, घुमाउने र मोज मस्ति गराई फर्काउने गर्ने गरेको पाइन्छ। यो प्रकारको मोज मस्तिलाई उसले सफ्ट पावरको रूपमा प्रयोग गर्न खोजेको देखिन्छ ।

नेपालीहरु थोरै पैशा वा मोज मस्ति मै बिक्ने रहेछन् भन्ने कुरा उसले राम्ररी थाहा पायो । त्यही कारण लाखौ संख्यामा मोज मस्ति गराई नेपाल फर्काउने तयारी गरेको देखिन्छ । ( यहाँ नेर, यो कुरा जोड्नु आवश्यक छ कि सरकारी नेपालीहरुले विदेश देखेर भोगेर वा घुमेर त्यहाँबाट शिक्षा लिएर त्यो कुरा नेपालमा लागू गर्न छोडिसके नीतिगत सरकारी तहमा कम्तीमा पनि । )

अझ चीने नेपाललाई ठोस सहयोग गर्छ रे ? कहिले गर्छ ? किन गर्छ सहयोग ? कसरी गर्छ सहयोग ? भ्रमबाट मुक्त बनौ, आफ्नो देश आफै बनाऊ।

अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...