Tuesday 8th July 2025

किरात राई यायोक्खा कुवेतद्वारा खोटाङका मृगाैला रोगीलाइ आर्थिक सहयोग


कुवेतमा कृयाशिल किरात राई यायोक्खा कुवेतको पहलमा कुवेतका नेपालीहरुले नेपालका मृर्गौला रोगीलाई आर्थिक सहयोग गरेका छन्।

सोमबार ९ असार २०७९ का दिन खोटाङ ऐसेलुखर्कका ५ का ३२ वर्षीया मन्जु राई दुबै मृगौला फेलभएर मृगौला ट्रान्सल्पान्ट सहयोगार्थ रकम किरात राई यायोक्खा कुवेतबाट संकलित रकम रु ६५५०० पैसठ्ठी हजार पाँचसय रुपैया बिरामीकै निवास बुढानिलकन्ठ पुगेर अभियन्ता शशी थुलुङ राई(साइप्रस)को रोहबरमा किराया कुवेतका संरक्षक अमित चाम्लिङले हस्तान्तरण गरेक हुन्।

बिरामीको थप उपचारको लागि सानो भएपनि आर्थिक सहयोग गर्न पाएकोमा किराया कुवेतका अध्यक्ष तथा आर्थिक सहयोग संयोजक मन्जित चाम्लिङ राई र उपाध्यक्ष उमेश राईले पुर्ण स्वास्थलाभको कामना गरेका छन्।

अभियन्ता थुलुङले आर्थिक सहयोगी दाताहरु सबैलाई आभार प्रकट सहित बिरामीको नव जीवनको लागि सुभकामना व्यक्त गरेकी छन।

मन्जु राई दुबै मृगौला फेलभएर जिवनको कठिन मोड्मा उभिएको बेला आफ्नै दाजुले एउटा मृगौला दिनेभएपछि सो उपचारको लागि थप सम्भावना भएको हो। म एउटा मृगौला बैनीलाई दिन्छु अनि उ एउटा मृगौलाले बाच्नेछिन भने म पनि एउटाले बाच्नेछु।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखाकुवेत द्वारा आयोजित शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी…

तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका…

वर्षौंदेखि उत्तरपश्चिमी साउदी अरबको मरुभूमि प्रायः बालुवाको खाली भाग हो भन्ने सोचाइ थियो जुन कहिलेकाहीं घुमन्ते गोठालाहरूले भ्रमण गर्थे तर…

प्रतिकृयाहरू
...