Tuesday 17th March 2026

हिमालयन हाउस रेष्टुरेन्टले दोश्रो शाखा फरवानियामा शुभारम्भ गर्यो


युवा उद्यमी प्रेम गुरूङद्वारा संचालित हिमालयन हाउस रेष्टुरेन्टले अाफ्नो दोश्रो शाखा फरवानियामा शुभारम्भ गरेको छ । नेपाली खानालाइ प्रवासमा प्रवर्धन गरि रहेको उक्त रेष्टुरेन्टले साल्मियामा खोलेको पहिलो शाखाको अपार सफलता पछि यो दोश्रो शाखा शुभारम्भ गरेको हो ।

उक्त रेष्टुरेन्टको हिजो ११ जुलाइ २०२२ का दिन नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले अाैपचािक रूपमा शुभारम्भ गरिएको हिमालयन हाउस रेष्टुरेन्ट एण्ड कफि नाम दिइएको उक्त शाखाको शुभारम्भ समारोहमा महामहिम ज्यूको साथमा नेपाली राजदूतावास कुवेत परिवार, गैरअावासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष, संरक्षक लगायत सम्पुर्ण एनअारएनए कुवेत परिवार र नेपाल पत्रकार महासंघ कुवेतका मिडियाकर्मी साथीहरूको अलावा रेष्टुरेन्टका पारिवारिक इष्टमित्रहरको उपस्थिति रहेको थियो ।

कुवेतमा कोरोना महामारीको कारण लकडाउन भएको समयमा शुभारम्भ भइ लकडाउनको समयमा धेरै अाप्रवासी मजदुरहरूलाइ राहत सहयोग स्वरूप निःशुल्क रूपमा हजाराैं खाना वितरण गरेको हिमालयत हाउसले लकडाउन खुला भएछि मात्रै व्यवसायिक रूपमा रेष्टुरेन्ट संचालनमा ल्याएको थियो । पहिलो शाखा साल्मियाको पुरानो शुकमा खोलेको हिमालयन हाउसले पहिलो शाखाको अपार सफलता पछि दोश्रो अाउटलेटको रूपमा फरवानियामा खोलेको हो ।

प्रेम गुरूङ, राम गुरूङ र नीर गुरूङको पारिवारिक समुहको लगानी रहेको उक्त रेष्टुरेन्टले नेपाली परिकारहरूलाइ विदेशीहरू माझ चिनाउन सफल भएको छ भने हाल अाएर नेपालीहरू भन्दा विदेशी ग्राहकहरू नेपाली खानाको पारखी भएको जनाएको छ ।

दशकाैं देखि व्यवसायमा लागेका मृदुभाषाी, अत्यन्त सरल मिजासका सामाजिक मनका धनी प्रेम गुरूङको हिमालयन हाउस रेष्टुरेन्टका अलावा डाम्पा लाउन्ज सि फुड रेष्टुरेन्ट साल्मिया तथा फरवानिया र कुवेत सिटीको मालियामा रहेको चाैतारी रेष्टुरेन्टमा समेत लगानी रहेको छ । एनअारएनए कुवेतका कोषाध्यक्ष प्रेम गुरूङ अत्यन्त व्यस्त दैनिकीको वावजुद पनि सामाजिक सेवाका कार्यमा समेत कहिँ कतै पछि पर्दैनन् ।

कुवेतमा केही वर्ष यता नेपाली युवा उद्यमीहरूको रेष्टुरेन्ट क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ भने फरवानिया यरियामा मात्रै ४ वटा नेपाली रेष्टुरेन्टहरू संचालित छन् भने कुवेत सिटी, साल्मिया सिटी, माहाबुला तथा फाहाहिल गरि झण्डै एक दर्जन भन्दा बढी नेपाली रेष्टुरेन्टहरू संचालित छन् ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...