Sunday 31st May 2026

लघुकथाकार दुर्गा वनबासीको लघुकथा ‘संस्कार’ को पाठकिय टिप्पणी

बन्दना घिमिरे – लघुकथाकार दुर्गा वनबासीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ”संस्कार”पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार दुर्गा वनबासीसँग साक्षात्कार गर्ने मेसो नमिले पनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । करिब दुई बर्ष अगाडिदेखि लघुकथा मार्फत उहाँलाई पढीरहेकी छु ।उहाँका लघुकथाहरु हाम्रो समाजमा रहेका बेथिति उजागर गर्न सफल रहेका मैले पाएकी छु ।

साहित्यिकार दुर्गा वनवासीको बास्तबिक नाम दुर्गा देवी शिवाकोटी हो । पिता स्वर्गीय नन्दलाल शिवाकोटी र माता स्वर्गीय हरिप्रिया शिवाकोटीकी सुपुत्रीको रुपमा २०२८/०६/०९ गते कोजाग्रत पूर्णिमाको पावन दिनमा साहित्यकार दुर्गा वनबासीको जन्म बुधबारे-६ बुद्धशान्ति, झापामा भएको हो र हाल सोही स्थानमा बसोबास गर्नुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको शिक्षा हासिल गर्नुभएकी साहित्यकारले सम्पादन र अनुवाद (नेपाली, अंग्रेजी र हिन्दी) गर्ने कार्यलाई प्रमुख पेशाको रुपमा अपनाउनु भएको छ । उहाँको पहिलो कविता अनुभव,२०४६, (युगज्ञान साप्ताहिक) हो भने प्रकाशित कृतिहरु :
१. सार्थक नाम (जीवनी पुस्तिका)
२. हैशियत-२ (संयुक्त गजल संग्रह)
३. शब्द शिविर (संयुक्त गजल संग्रह),
४. धराकाश (काव्य) रहेका छन् ।

विविध साहित्यिक संघ संस्थाहरुबाट प्रोत्साहन, सम्मान प्राप्त गरिसक्नु भएकी साहित्यकारको रुचि लेखन, सम्पादन, अनुवाद रहेको छ । हाम्रो लघुकथा पाठशालाकी एडमिन रहनुभएकी साहित्यकार वनबासीका लघुकथाहरु हाम्रो लघुकथा पाठशालाको भित्तोको साथै अनलाईन पत्रिका तथा छापाहरुमा समेत पढन पाईन्छ ।

प्रस्तुत कथामा मुख्य पात्रको रुपमा मपात्र र प्रज्वल रहेका छन् भने अन्यपात्रहरुमा प्रिन्सीपल, शिक्षकहरु र बिद्यार्थीहरु रहेका छन् । कथामा मपात्रको दृष्टीबाट वालमनोबिज्ञान उजागर गर्न सफल हुनुभएको छ कथाकार । कथा यसरी शुरु गरिएको छ ।प्रिन्सिपलकहाँ पुर्याइएको तेस्रोपल्ट थियो | अस्तिको पल्ट पनि सानो कक्षाका भाइ बहिनीलाई कुटेको निहुँमा बरुणलाई पिटेकोले अफिसमा बोलाइएको थियो प्रज्वललाई | सबै शिक्षक शिक्षिकाका नजरमा ऊ अनुशासनहीन र झगडिया केटो भए पनि ऊभित्रको न्यायिक प्रज्वल मन पर्थ्यो मलाई | आजको झगडामा उसकै सहपाठी समीरलाई भकुरेको थियो उसले | झगडाको कारण सोधियो, ऊ बोल्दै बोलेन, चुपचाप भूईंतिर हेरेर उभिरह्यो | उसको मौनताको फाइदा उठाउँदै समीरले रुँदै आफुले अकारण पिटाइ खाएको कुरा सुनायो | आजको झगडाको मूल कारण कविता भएकीले उसलाई अलि पर एकान्तमा लगेर सोधें मैले | कविताले समीरले आफुलाई बाटो छेकेर जिस्क्याउने गरेकोले प्रज्वलले धेरैपल्ट उसलाई सम्झाएको र सुधार नभएकोले आज पिटेको कुरा बताउँदै प्रज्वलको गल्ती नभएको बताई | एउटी चेलीको सम्मानमा सजाय भोग्न तयार त्यो दाजुप्रति इज्जत बढ्यो मनमा | यसपल्ट उसलाई माफ गर्ने मेरो आग्रह शिक्षकहरुको बहुमतले परास्त गर्यो | उसका अभिभावक बोलाइए |

बाबुले रिसाउँदै भने तैँले मेरो नाक काटिस् कुलंघार ! तँलाई मैले यही संस्कार दिएको थिएँ ? तँलाई छोरो भन्न पनि लाज लाग्न थाल्यो मलाई ।चुपचाप ग्रहण गर्यो उसले मुसुमुसु हाँसेर | त्यो देख्दा बाबु चाहिँ र गुरुहरुको रिसको पारो चढ्यो | सबैले दर्शन छाँटे, आदर्श ओकले | असैह्य भएपछि टेबलमा मुड्की बजार्दै उसले भन्यो अब पुग्यो हजुरहरुको उपदेश र संस्कार । आफु परिवारको कर्ताधर्ता भएपछि रिटायर्ड हजुरबाको अगाडि रक्सी पिएर मामुलाई जथाभावी गाली गर्ने, पिट्ने, छोराछोरी तर्साउने, हजुरबालाई गन्दै नगन्ने र आफ्नै शासन चलाउने, यही होइन र बाबा हजुरको संस्कार ?
अमिलो मुख पार्दै ऊ शिक्षकहरुतिर फर्कियो- “मेरा श्रद्धेय गुरुजन ! हजुरहरुले आफ्नो स्कुले जीवन बिर्सनु भएकै हो त ? विद्यार्थीका प्रेमपत्र समातेर सजाय दिँदा गौरव महसुस गर्दै गजक्क पर्ने हजुरहरुले आफ्ना सहकर्मीहरुसँग गर्नुभएका अश्लील र अमर्यादित च्याट कसले समात्ने ? स्कुलको शौचालयमा उडिरहेको चुरोटको धुवाँ र गुट्खाको वास्तविकता कसले बताउने ?”
उत्तेजित हुँदै थप्यो- “कुन मुखले संस्कारको कुरा गर्नु हुन्छ हजुरहरु ? अन्यायमा परेकाहरुको सहयोग गर्नु कुसंस्कार हो भने यही सही | मलाई दोषी ठहर गर्नुअघि निष्पक्ष रूपमा बुझ्न कोशिश गर्नु भएको छ कहिले ? यदि संस्कार जति निमुखा र विद्यार्थीको पेवा हो भने मान्नु छैन मलाई संस्कार, हुनु छैन कथित संस्कारी | आजै, अहिल्यै निष्काशित गर्नोस् मलाई स्कुलबाट |” निरुत्तर प्रश्नहरुसँगै निहुरिएका शिरहरु छोडेर ऊ फटाफट निस्कियो र स्कुल गेटबाट ओझेल पर्यो | यसरी कथा समापन गरिएको छ ।

सिध्दहस्त लघुकथाकार लिखित कथा बालमनोविज्ञान उजागर गर्न सफल रहेको छ । बालबालिकाहरुले अग्रजहरुको मुल्याकंन कसरी गरिरहेका हुन्छन भन्ने यथार्थलाई प्रज्वल भन्ने पात्र मार्फत स्पष्ट पारिएको छ ।एउटी चेलीको सम्मानको लागि सजाय भोग्न तयार किशोरको कथा मार्फत हाम्रा बिद्यालयहरुमा शिक्षक तथा अभिभावकहरुले गर्ने दण्डप्रति व्यंग्य गरिएको कथा रोचक र घोचक छ । कथा सरल र सुबोध छ । शिर्षक सार्थक छ ।

यति सुन्दर कथामा पनि केही कमजोरी रहेका छन् । ”आजै अहिल्यै निष्कासित गर्नुहोस मलाई स्कुलबाट।” भन्ने वाक्यमा नै कथा समापन भईसकेको छ जस्तो लाग्छ मलाई । कथाको भाव यतिमै समापन भएको कारण यस पछिको वाक्यले कथालाई अधोगति तर्फ लैजान्छ भन्ने मेरो ठम्याई रहेको छ ।लघुकथालाई केही काँटछाँट गर्दा अझै अब्बल बन्न सक्छ ।

अन्त्यमा साहित्यका विविध विधामा कलम चलाउनुहुने साहित्यकार दुर्गा वनबासीको साहित्यिक यात्रा अझ सुदृढ हुदै जाओस । दर्जनौ लघुकथा लेखिसक्नु भएकी लघुकथाकारको लघुकथा संग्रह यथाशिघ्र पढ्न पाईयोस भन्ने कामनाका साथ उहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

बन्दना घिमिरे
हरिवन-१०,सर्लाही

लघुकथा : संस्कार

प्रिन्सिपलकहाँ पुर्याइएको तेस्रोपल्ट थियो | अस्तिको पल्ट पनि सानो कक्षाका भाइ बहिनीलाई कुटेको निहुँमा बरुणलाई पिटेकोले अफिसमा बोलाइएको थियो प्रज्वललाई | सबै शिक्षक शिक्षिकाका नजरमा ऊ अनुशासनहीन र झगडिया केटो भए पनि ऊभित्रको न्यायिक प्रज्वल मन पर्थ्यो मलाई |

आजको झगडामा उसकै सहपाठी समीरलाई भकुरेको थियो उसले | झगडाको कारण सोधियो, ऊ बोल्दै बोलेन, चुपचाप भूईंतिर हेरेर उभिरह्यो | उसको मौनताको फाइदा उठाउँदै समीरले रुँदै आफुले अकारण पिटाइ खाएको कुरा सुनायो |

आजको झगडाको मूल कारण कविता भएकीले उसलाई अलि पर एकान्तमा लगेर सोधें मैले | कविताले समीरले आफुलाई बाटो छेकेर जिस्क्याउने गरेकोले प्रज्वलले धेरैपल्ट उसलाई सम्झाएको र सुधार नभएकोले आज पिटेको कुरा बताउँदै प्रज्वलको गल्ती नभएको बताई | एउटी चेलीको सम्मानमा सजाय भोग्न तयार त्यो दाजुप्रति इज्जत बढ्यो मनमा |

यसपल्ट उसलाई माफ गर्ने मेरो आग्रह शिक्षकहरुको बहुमतले परास्त गर्यो | उसका अभिभावक बोलाइए |

बाबुले रिसाउँदै भने- “तैँले मेरो नाक काटिस् कुलंघार ! तँलाई मैले यही संस्कार दिएको थिएँ ? तँलाई छोरो भन्न पनि लाज लाग्न थाल्यो मलाई !”

चुपचाप ग्रहण गर्यो उसले मुसुमुसु हाँसेर | त्यो देख्दा बाबु चाहिँ र गुरुहरुको रिसको पारो चढ्यो | सबैले दर्शन छाँटे, आदर्श ओकले | असैह्य भएपछि टेबलमा मुड्की बजार्यो उसले | “बस्, अब पुग्यो हजुरहरुको उपदेश र संस्कार !”

“आफु परिवारको कर्ताधर्ता भएपछि रिटायर्ड हजुरबाको अगाडि रक्सी पिएर मामुलाई जथाभावी गाली गर्ने, पिट्ने, छोराछोरी तर्साउने, हजुरबालाई गन्दै नगन्ने र आफ्नै शासन चलाउने, यही होइन र बाबा हजुरको संस्कार ?”

अमिलो मुख पार्दै ऊ शिक्षकहरुतिर फर्कियो- “मेरा श्रद्धेय गुरुजन ! हजुरहरुले आफ्नो स्कुले जीवन बिर्सनु भएकै हो त ? विद्यार्थीका प्रेमपत्र समातेर सजाय दिँदा गौरव महसुस गर्दै गजक्क पर्ने हजुरहरुले आफ्ना सहकर्मीहरुसँग गर्नुभएका अश्लील र अमर्यादित च्याट कसले समात्ने ? स्कुलको शौचालयमा उडिरहेको चुरोटको धुवाँ र गुट्खाको वास्तविकता कसले बताउने ?”

केही उत्तेजित हुँदै थप्यो- “कुन मुखले संस्कारको कुरा गर्नु हुन्छ हजुरहरु ? अन्यायमा परेकाहरुको सहयोग गर्नु कुसंस्कार हो भने यही सही | मलाई दोषी ठहर गर्नुअघि निष्पक्ष रूपमा बुझ्न कोशिश गर्नु भएको छ कहिले ? यदि संस्कार जति निमुखा र विद्यार्थीको पेवा हो भने मान्नु छैन मलाई संस्कार, हुनु छैन कथित संस्कारी | आजै, अहिल्यै निष्काशित गर्नोस् मलाई स्कुलबाट |”

निरुत्तर प्रश्नहरुसँगै निहुरिएका शिरहरु छोडेर ऊ फटाफट निस्कियो र स्कुल गेटबाट ओझेल पर्यो | पनि ऊभित्रको न्यायिक प्रज्वल मन पर्थ्यो मलाई |

निरुत्तर प्रश्नहरुसँगै निहुरिएका शिरहरु छोडेर ऊ फटाफट निस्कियो र स्कुल गेटबाट ओझेल पर्यो |

सम्बन्धित शीर्षकहरु

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा समता शुल्क नामक नयाँ कर लागू गरेको छ, जसअनुसार निजी तथा आवासीय शिक्षण…

सरकारले भाडामा प्रयोग हुने सवारी साधनहरूको वार्षिक आयकर दर उल्लेख्य रूपमा बढाएको छ। साना देखि ठूला तथा विद्युतीय सवारीसम्म करमा…

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

प्रतिकृयाहरू
...