Wednesday 31st December 2025

चोर, साले, फटाहा र गधाहरूलाई भोट दिएर देश बन्छ ? – हर्क साम्पाङ्ग


तोयानाथ उपेक्षित, तीतोपाटी/देशमा बालेन साहको चर्चा धेरै छ तर मातृभूमी प्रतिको कर्तव्य निभाउदै निरन्तर रुपमा धरानको विकाशलाई शिरमा राखेर र यहाँको बेथीतिलाई कठोर र निर्मम भएर प्रहार गर्दै हिडने एउटा ज्याद्रो धराने युवालाई बल्ल मानिसहरुले चियाउन थालेका छन ।

चुनाव अघि निडरताका साथ सवै राजनैतिक दललाई उनले बेस्सरी गाली गरिरहे । तिनको विषयमा उनले सधै पोल खोल्दै हिडिरहे । मानिसहरुले उनका भाषण सामाजिक सञ्जालबाट हेर्थे तर प्रोत्साहित गर्न र साथ दिन कोही जादैनथे । एकाध मानिसहरु भेला भएका ठाउँमा टेम्पो चढेर हर्क पुग्थे र सानो साउण्ड बक्स टेम्पोबाट झिकेर भाषण गदर्थे ।

घोपा मेडिकलेजको दुर्गतीको विषयमा होस वा एडिबीका नाममा राज्यलाई करोडौ को ऋणमा डुवाएर धराने जनतालाई पानी पिलाउन नसकेका कुरा हुन साम्पांगले आवाज बुल्द गरि नै रहे । धरान आसपासका खोलाहरुको दोहन गर्नेहरुलाई रोक्न खोज्दा कुटाई पिटाई खाएर पनि पछि नहटेका उनलाई बल्ल धरान ले पत्यायो र यसपटक धरानको मेयर मा निर्वाचित गरर्यो ।

उनले धराने जनतालाई चुनावी दौरानमा प्रश्न गर्दै मार्मीक भाषण गरेका थिए । तपाईहरुलाई आफ्नो घर चले भैगो । आफूले खान पाए भैगो । आफूले लाउन पाए भैगो । आफूले मोटर साईकल चढन पाए भैगो । यसरी मात्र सोच्ने हो ? उसो भए यो धरान कस्को हो ? यो देश कस्को हो ? कसले बनाउने धरानलाई ? कसले बनाउने देशलाई ? यो देश कस्को हो ? अरु कस्ले आएर बनाई दिन्छ तपाईको ठाउँलाई र देशलाई ? हामी जाग्न पर्दैन ? छातीमा हात राख्नुस र देशलाई सम्झनुस । तपाई चुप लागि रहे मातृभूमीको श्राप लाग्नेछ ।

साम्पांगले कांग्रेस, एमाले, माओवादी, जसपा लगायत सवै दलहरुको निती र नेतृत्व राम्रो नभएको भन्न छाडेनन । उनले भने “जसको जागिर छैन, जमिन छैन, व्यपार छैन उसैका दुई तिन वटा घर छन । कहाँवाट आउछ पैसा ? धरानका जनतालाई पानी समेत पिलाउन नसक्ने यी राजनैतिक दलका पछि अझै पनि लाग्ने हो भने धरानमा खाने पानीको समस्या कहिल्यै समाधान हुदैन ” ।

यो लेख लेख्दै गर्दा तीनै साम्पांग धरानको मेयर मा निर्वाचित भएका छन । जनताले खुलेर कहिल्यै साथ दिएनन तर लुकेर भोट खसालि दिए । अब उनको काम हेर्न बाकी छ । निर्वाचित भए लगत्तै सोधिएको धरानको सुकुम्बासी समस्याको विषयमा उनलाई सोधिएको एक प्रश्नमा उनले भने विकाश मानब केन्द्रित हुन पर्दछ । सुकुम्वासीका टहरा भत्काएर म विकाश गर्दिन बरु तिनका टहरा चुहुने छन भने साधन श्रोत ले भ्याए सम्म टाल्ने कोशिष गर्नेछु । उनी निक्कै भावुक भएका छन ।जनताको मन जित्न सफल भएको र जिम्मेवारी बोध धेरै बढेको उनको अभिव्याक्तिमा देखिन्छ । कुनै बेला अराजक साम्पांग भनेर प्रचारित उनी बास्तबमा अराजक थिएनन । उनले समाजिक बेथिती का विरुद्धमा बोल्दा कुनै बेला उनलाई अराजक व्याक्ति बनाईयो र धेरै हिसावले भौतिक एबं मानशिक सास्ती दिईएको थियो । तर धराने जनतालाई उनले बुझाई छाडे की उनको नशा नशामा धरानको उन्नती र प्रगतिका लागि संकल्प थियो ।

हर्कको जित राजनैतिक दलहरुलाई गतिलो थप्पड हो । यत्रा ठुला हौ भन्ने राजनैतिक दल र तिनका स्थायी सदस्यता गोजिमा बोकेर हिडेका हजारौ कार्यकता हुदैमा जितिने रहेनछ । जनउत्तरदायी नहुदा एउटा बबुरो कति भारी पर्दो रहेछ अब त बुझे की ?

हर्क साम्पांग लाई बधाई एवं सफल कार्यकालको लागि शुभकामना ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...