Friday 29th March 2024

बालेन ब्राण्ड र लौरो प्रतिक बनोस


तोयानाथ उपेक्षित, तीतोपाटी/देशको मुटुमा बालेनको उमेद्धारी हुदैनथ्यो भने आज बालेनको चर्चा यो रुपमा हुदैनथ्यो । यदि काठण्माण्डौले बालेनलाई मौका दियो भने भविष्यमा धेरै बालेनहरुको देशभरी नै उदय हुने छ । यसो भयो भने अचम्म किन मान्न हुन्न भने राजनैतिक दलहरुले जनतालाई आफ्ना दासका रुपमा बुझ्नुको परिणाम यस्तै हुन्छ भन्ने गतिलो संदेश हुनेछ । उनीहरुको काम देश र जनताको सेवा गर्ने मात्र हो शासन गर्ने होईन भनेर बुझाउन पनि बालेनको ब्राण्ड सवैतिर विक्न पर्दछ र लौरो उनीहरुलाइ ठेगान लगाउने हतियार हो भनेर प्रतिकका रुपमा छाउन पर्दछ ।

के पनि तर्क गरिन थालिएको छ भने बहुदल मानिसहरुले रुचाउन छाडिसके । जनताहरु पञ्चायतकालको जस्तो निर्दलिय उमेद्धारमा रुची देखाउन थालिसके । बास्तवमा यसलाई पनि नजरअन्दाज गर्न सकिन्दैन । अन्ततोगत्वा संघियता देशको लागि आवश्यक छैन भन्नेमा गएर कहि न कहि जनताको असन्तुष्टि पोखिने वा जोडिने कुरासँग पनि स्वतन्त्र उमेद्धारप्रतिको मोह हो की भन्ने हो । यसलाई राप्रपाको बढदो अनुमोदनसँग गासेर हेर्दा पनि फरक पर्दैन । संघियता खारेज गर्ने उसको घोषित एजेण्डामा बढिरहेको जनमत कहि न कहि स्वतन्त्र उमेद्धारले कुनै न कुनै रुपमा प्रतिनिधित्व गरेकै जस्तो देखिन्छ । भलै उनीहरुका फरक धारणा होलान तर समग्रमा यो व्यवस्था र प्रणाली माथि उठेको प्रश्नमा उनीहरु बीच समानता छ ।

यहाँ बालेनहरुको उपस्थितीले ठुला भनिएका दलहरुलाई प्रमुख शहरहरुमा दिएको चुनौती सामान्य रुपमा हेर्न मिल्ने कुरा होईन । यो स्थानिय चुनावमा कतिपय विशुद्ध गैह राजनैतिक क्षेत्रका स्वतन्त्र उमेद्धार उठे भने कतिपय बागीका रुपमा पार्टीले अन्याय गरेको ठानेर उठे । चुनाव उनीहरुको परिक्षा मात्र होईन जनताको चाहाना के हो भन्ने पनि हो । जसले पार्टीहरुलाई चुनौति थप्ने नै भयो । स्वतन्त्र भएर उठ्ने जित्ने र भोली कुनै दलको झोला बोक्न जाने वा विक्ने हो भने त्यो एउटा कुहेको अण्डाको रुपमा पुग्दछन तर विकेनन भने त्यसबाट एउटा निष्ठाको राजनीतिको विकास र शुरुवात पनि हुन्छ । जुन रुपमा उठे पनि स्वतन्त्र उमेद्धारले दिने चुनौति दलहरु प्रतिको असन्तुष्टिका रुपमा लिनै पर्दछ । जनतासँग राजनीतिक छनौटको विकल्प नभएको अवस्थामा अभिव्याक्त गर्ने जनमत स्वतन्त्र उमेद्धारमा गएर पोखिने भएकाले त्यो असन्तुष्टिलाई दलहरुले बुझ्न ढिला गर्न हुदैन । पार्टीका कार्यकर्तालाई जागिर खुवाउने र व्यवस्था लाई व्यपार गर्ने माध्याम बनाउने जनप्रतिनिधीहरुको गतिविधीलाई जनताले निगरानी गर्ने भएकाले डोजर र टिपरसँग जोडिएको विकासे जनप्रतिनिधीहरुको नकाव उतार्न स्वतन्त्र उमेद्धार खडा हुनै पर्ने अवस्था आएको देखिन्छ किनकी राजनीतिक पार्टीहरुले सेटिंगमा भ्रष्टचार गरिरहेको देखेर जनता वाक्क भएका छन ।

अहिले दलहरुको अर्को गैर प्रजातान्त्रिक र बहुदलिय प्रतिस्पर्धाको विपरित निर्वाचनमा सिन्डिकेटे संस्कारको अभ्यास गरिन्दैछ । यो झन धेरै ठुलो चिन्ताको विषय हो । सवै मिल्ने र बलियो लाई पछार्ने । यो नीतिले अन्तत देशलाई नै कमजोर बनाउने छ । अर्थात कसैलाई बलियो हुनै नदिने र लुतेलुते मिलेर बलियो देखिन खोज्ने प्रयासले बहुदलिय व्यवस्थाको मुल मर्ममा प्रहार गरेको छ । बलियो जनमतलाई शक्तिमा आउन नदिने रणनीतिका कारण लुतेहरुको गठबन्धनले एउटा ठुलो र बलियो तप्कालाई बाहिर राख्दा त्यहाँ बास्तविक सुशासन कायम हुन गाहो हुन्छ जसले गर्दा समाजमा वा राज्यमा कुनै पनि कामको उचित डेलिभरी हुनै सक्दैन । यो यति खराव कुरा हो जहाँ मिलीजुली शासन गर्ने नाममा बाडिछुडी खानै पर्ने बाध्यात्मक परिस्थिती बन्ने गर्दछ ।

बालेन शाहाहरु कसैका विरोधी होईनन । उनीहरु स्वतन्त्र रुपमा आफ्नो राजनैतिक हक र नैसर्गिक अधिकारको प्रयोग गर्दै आफ्नो योग्यता जाँच्न जनतासँग एक मौकाको लागि अपिल गर्ने उमेद्धार हुन । जनताले पत्याए जित्छन नपत्याए हार्नेछन किनकी अब जनताले यस्तै बालेनहरु खोज्न थालिसकेका छन । स्वतन्त्र उमेद्धारलाई कुण्ठाको अभिव्याक्तिका रुपमा व्याख्या गर्दै राजनैतिक दलहरुले तिनलाई कहिल्यै महत्वका साथ हेरेनन र जनतालाई पनि गलत व्याख्या सुनाउदै आए तर यो पटकको स्थानीय तहको निर्वाचनमा धेरै बालेनहरुलाई जनताले नरोजे पनि आउदा दिनमा यो संख्या बढ्नेछ ।

गठबन्धन यसपालीको गठबन्धनले केही हदसम्म राम्रै सफलता पायो तर प्रचण्डले त एमालेलाई चौथोमा पुरयाई दिने भनेका थिए त्यो हुन सकेन । माधव नेपालले एमाले समाप्त हुने भन्दै थिए आफै समाप्त भए । कांग्रेसले एमालेको शक्ति बुझेको थियो र आफ्नो शक्तिको पनि सहि आकलन गरेर शक्ति आर्जन गर्न सफल भयो । यदि उनीहरुले यसरी देश व्यापी रुपमा गठबन्धन गर्दैनथिए भने कांग्रेस हाफ र माओवादी र अरुको अवस्था निक्कै दयनिय हुने रहेछ भन्ने देखियो । माधव नेपाललाई भडकाएर र कांग्रेसलाई जसरी तर्साएर प्रचण्डले जुन खेल खेले त्यसले माओवादीलाई बचायो । एक हदसम्म उनको रणनीति सफल पनि भयो । उनको पार्टीले आफ्नो तेश्रो दर्जाको उपस्थितीलाई बचाउन सक्यो ।

तर राजनैतिक दलहरुको भविष्यमाथि चुनौतिको पहाड खडा भैसकेको छ । देशको माहौल उनीहरुको प्रतिकुल अवस्थामा गई रहेको छ । संघिय चुनावसम्ममा उनीहरुको अवस्थामा अरु बदलाव आउन सक्छ । राप्रपाका एजेण्डाले मुलुकलाई खिचिरहेको छ । स्थितीमा निक्कै ठुलो परिवर्तन देखिन पनि सक्छ । । यो गठबन्धनलाई निरन्तरता नदिए कांग्रेस माओवादीहरुको भविष्य खतरामा पर्ने र दिए देशको राजनीति विशाक्त बन्दै जाने र त्यसको फाईदा दक्षिणपन्थि शक्तिले लिने देखिन्छ । एमालेले उक्त गठबन्धन तोड्न संघिय चुनावमा राप्रपा सँग औपचारिक रुपमा नै तालमेल गर्न बाध्य छ र त्यो गर्नै पर्ने ठाउँमा पुग्ने देखिन्छ । त्यसो भयो भने हालको गठबन्धनको प्रतिरोध गर्न एमालेलाई सहज पनि हुने छ ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...