Sunday 25th January 2026

तीन ठुला पार्टीको विकल्प स्वतन्त्र वा अन्य साना पार्टी


अम्बरिश पोख्रेल – आसन्न स्थानीय तहको निर्वाचनमा तीन ठूला पार्टीहरूको विकल्प हालको लागी स्वतन्त्र वा अन्य नयाँ साना दलहरू हुन ।

तीस वर्ष देखि देशलाई झन् झन् तबाह बनाएका, नेपालका तीन ठूला पार्टीहरुको विकल्प हालको लागि, स्वतन्त्र वा अन्य साना साना नयाँ पार्टी हरु हुन ।

यो पटकको स्थानीय निर्वाचनमा विकल्पको प्रयोग गरेर ठूला पार्टीहरुलाई आगामी दिनहरूमा राम्रा राम्रा उम्मेदवारहरु उठाउनको लागि सच्चिने शिक्षा दिन सकिन्छ ।

तर सड्कमा मानिस हसाउन योग्य युक्रेनी राष्ट्रपति जीलेन्सकीहरुलाई चुनावी अभियानबाटै माथि पुर्याइयो भने, नेपालमा पनि समृद्धि होइन, अनिष्ट निम्तिने गर्छ । त्यो खतरा टड्कारो रुपमा अगाडि आएको देखिन्छ ।

अहिले देशव्यापी रूपमा केही मानिसहरूलाई नेपथ्यमा बसेर लैनचौर वा पानीपोखरीका शक्तिले स्वतन्त्र उम्मेदवारको रूपमा अगाडि सारेको पनि हुन सक्ने सम्भावना लाई नकार्न सकिंदैन । त्यो कुरा एकदमै छिटो थाहा हुने नै छ । कम्तीमा आगामी संसदीय निर्वाचन सम्म कुर्नु पर्छ होला जान्नकाे लागी । भलै यो कुरा सही नहोस् ।

जीलेन्सकीहरुबाट बचौ र तुलनात्मक रूपमा कम कवाड उम्मेदवारलाई मतदान गरौं ।

अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...