Friday 26th April 2024

तपाई आफै एउटा ब्रमाण्ड हो


तोयानाथ उपेक्षित, तीतोपाटी/फिजिक्स शास्त्रका सवैभन्दा ठुला बैज्ञानिक स्टेफिन हाकिंस अहिले जीवित छैनन तर उनको मृत्यु हुन भन्दा दुई साता पहिलेको एउटा सोध प्रकाशित भएको छ । यसलाई उनका सहलेखक थोमस हार्टोगको सहयोगमा प्रकाशन गरिएको हो ।

उक्त नो बाउन्ड्री थ्यौरीमा पृथ्वीको उत्पतिको कुरा गरिएको छ । जति बेला पृथ्वी उत्पति भयो त्यो समयमा पृथ्वी मात्र नभएर अनेकौ ब्रमाण्ड बनेको उल्लेख छ । शुरुमा विग व्यांग निक्कै तिब्र गतिमा भएको र पछि यसको विस्तारको गति धिमा हुदै गएको उल्लेख छ । उनले आफ्नो जिवनको अन्तिम समयसम्म पनि पृथ्वीको आयु समाप्त हुन लागेकोले मानिसको अस्तित्वलाई बचाई राख्ने हो भने पृथ्वी छाड्न ढिला गर्न नहुने सल्लाह दिई नै रहे । आज उनी छैनन । उनको सल्लाह बमोजिम बैज्ञानिकहरुले काम गर्ने कोशिष भने जारी राखेका छन ।

ब्रमाण्ड अन्त्यहिन छ भनिएको छ र अनेकौ ग्यालेक्सिहरु ब्रमाण्डमा छन । यसको मतलब आफै सम्झौ की एउटा ग्यालेक्सिमा अरबै पिण्डहरु छन ती मध्येको एउटा ग्यालेक्सि भित्र हाम्रो सौर्य मण्डल पनि छ । अन्य करोडौ सौर्य मण्डल के कस्ता छन कसैको जानकारीमा छैन । बैज्ञानिक हाकिंसको कुरालाई मान्ने हो भने प्यारालल ब्रमाण्डहरु छन यसको मतलब हाम्रो सौर्य मण्डल जस्तो छ दुरुस्तै अर्को ठाउँमा पनि छ । अर्थात अर्को दुरुस्तै पृथ्वी पनि छ । प्यारालल भनेर एक जोडी मात्र भनिएको हो की लाखौ जोडी स्पष्ट छैन । पृथ्वी जस्तो दुरुस्तै सवै कुरा मिल्ने अर्को एउटा पनि छ भनिएको हो वा लाखौ पृथ्वीको कुरा हो त्यो कसैले भन्न सक्दैन तर स्टेफिनले प्यारालल थ्यौरीको कुराको मतलब यो पनि हो की तपाईको अर्को रुप अर्को ठाउँमा पनि छ । तपाई जस्तो मान्छे तपाई एक्लो यो ब्रमाण्डमा हुनुहुन्न । अर्को ठाउँमा पनि तपाई हुनुहुन्छ ? कस्तो लाग्यो ? कल्पना गर्नुस त । एउटा तपाई वा म मरेर के फरक पर्दछर ? जब की तपाई वा म अन्त कतै छदैछौ । वा यहाँ अस्तित्व सकिदा अन्त स्थापित हुनुहुन्छ । यस्तो कुराको कल्पना हाम्रो शास्त्रले पनि गर्दछ तर अन्त नभएर यहि । दुरुस्तै तपाई नभएर जुनी जुनी पछि फेरी मान्छे भएर । अर्थात मानिसले ८४ लाख जुनी लिन्छ यसको मतलब पृथ्वीमा भएका सवै जिवात्मा भन्नु पनि तपाई नै हो । घुम्दै फिर्दै सवै जीवनमा तपाईले चक्कर काट्न पर्छ भने तपाई आफैमा एउटा संसार होईन र ? फरक यति हो आज मानिस हुनुहुन्छ कुनै बेला कुनै जिब वा जन्तु हुनुहुन्थ्यो । यही कुरालाई सत्य मान्ने हो भने हाम्रा पुर्खा आज हाम्रो आहाराका रुपमा छन या अरु कसैको र भोली हामी त्यहि हुनेछौ । यो विचित्रका तर्कहरुलाई तथ्यले पुष्टि नगर्दासम्म मानौला वा नमानौला त्यो सबैको आफ्नो कुरा हो तर साझा कुरा चाही के हो भन्न गाहो छ ।

हाकिंसले पृथ्वीमा हुने जीवन चक्रको सिमित कुरा गरेका होईनन । उनले हाम्रो जन्म र मृत्युलाई मात्र संकेत नगरेर अर्को ब्रमाण्डमा हामी नै दुरुस्तै छौ अर्थात सवै कुरा सिंगल छैन । सवैको रुप एक भन्दा धेरै छ भन्ने बुझाउन खोजेका छन । यसलाई साँचो मान्ने हो भने ब्रमाण्डको विलोम अर्को ब्रमाण्ड छ । सुर्यको अर्को सुर्य, पृथ्वीको अर्को पृथ्वी र तपाई हामीको पनि अर्को रुप ब्रमाण्डमा कतै न कतै सक्रिय छ ।

मृत्यु व्यक्तिगत कुरा हो हामी कोही सधै बाँच्दैनौ तर हामीले सन्तती मार्फत आफूलाई अस्तित्वमा राखिरहेका हुन्छौ तर समग्र मृत्यु अर्थात पुरै जातिको मृत्यु भयो भने त्यो एउटा भयंकर विनाश हो । जसरी आज पृथ्वीमा डाईनोसर छैन । यो दिन मानिसमा आयो भने त्यो पृथ्वी कस्तो होला ? मानिस नै नरहे पछि पृथ्वीको लेखाजोखा कस्ले राख्ला ? अरु सबै रहनु र नरहनुले के फरक पार्छ र ? पृथ्वीको पहिचानको कुनै अर्थ रहदैन । अरु सवै रहेर मानिस नरहने हो भने त्यो पृथ्वी कस्तो होला ? हो मानिसको मात्र कुरा होईन अर्को पृथ्वी पत्ता लगाउने, खोज्ने र यहाँ रहेका सवैको उद्दार गर्ने जिम्मा पनि मानिसले लिन पर्दछ र त्यसका लागि पृथ्वी छाडने काममा ढिला गर्न हुन्न भन्ने हाकिंसले दिएको यो महत्वपूर्ण सल्लाह भविश्यमा मानिसले ग्रहण गर्न सक्ने गरी क्षमता निर्माण गर्छ गर्दैन केही भन्न सकिन्न । सकेन भने एउटा संसारको सधै भरीका लागि अन्त्य हुने छ । जुन मृत्यु मात्र बास्तविक मृत्यु हुनेछ र सबैको मृत्यु भएको मानिने छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...