Friday 29th March 2024

थुनछेक बहसका लागि पल शाहलाई नवलपुर पठाइयो


जबर्जस्ती करणी मुद्दामा नायक  पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ। नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि नायक शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

उनका अनुसार नायक शाहलाई मंगलबार बिहान नवलपुर पठाइएको हो। सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहसको   लागि उपस्थित गराइदिनु भन्ने पत्र अनुसार पल शाहलाई नवलपुर पठाइएको हो। चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशपछि पुर्पक्षका लागि नायक शाह थुनामा थिए। चैत ३ गते नवलपुरमा जबर्जस्ती करणी मुद्दा दायर भएको थियो।

 


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...