Wednesday 7th October 2026

थुनछेक बहसका लागि पल शाहलाई नवलपुर पठाइयो


जबर्जस्ती करणी मुद्दामा नायक  पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ। नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि नायक शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

उनका अनुसार नायक शाहलाई मंगलबार बिहान नवलपुर पठाइएको हो। सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहसको   लागि उपस्थित गराइदिनु भन्ने पत्र अनुसार पल शाहलाई नवलपुर पठाइएको हो। चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशपछि पुर्पक्षका लागि नायक शाह थुनामा थिए। चैत ३ गते नवलपुरमा जबर्जस्ती करणी मुद्दा दायर भएको थियो।

 


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...