Thursday 15th October 2026

नेसोले गर्यो गृह मंत्रालयमा ऊजुरी


डा. हरिमोहन पोखरेल, कोहिमा/ मणिपुर र नागालैंडको राज्यको सीमाना बीचमा चलि रहेको बन्दको असर सामान्य जनजीवनमा धेरै भन्दा धेरै असर परेको देखेर नर्थ ईष्ट स्टूडेंट्स फेडरेशन (NESO )ले गृह मन्त्रालयमा ऊजुरी पठाएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार नेसोका सचिव र अध्यक्षले जारी गरेको विज्ञप्तिमा जनाएको छ कि मणिपुर -नागालैंड सीमाना विवादलाई एउटा त्रिपक्षीय बैठक राखेर चाँडो नै समाधानको बाटो खोजियोस । यहाँका आम जनता माझ रोजमर्राको सरसामान नपाएर मुश्किलको दौरमा गुज्रिरहेका छन ।

विज्ञप्तिले अझै अगाडि जनायो कि सीमाना विवाद धेरै ठाउँमा सरकारले समाप्त पारे जसरी यस ठाउँमा पनि समाप्त पारोस ।
हेर्दै जाउ सरकारले यो कार्य कतिको चाँडो गर्ने छ ।त्यो त आउने भविष्य नै बताउला ।
—
कोहिमा नागालैंड भारत ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...