Sunday 18th January 2026

चार महिनामै झण्डै डेढ लाख विद्युतीय राहदानी वितरण


सरकारले चार महिनाको अवधिमा झण्डै डेढ लाख विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गरेको छ। परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले छोटो समयमै धेरैले विद्युतीय राहदानी लिएको बताइन्।

उनकाअनुसार ६५ जिल्ला प्रशासन कार्यालय, १५ इलाका प्रशासन कार्यालय, देशबाहिर रहेका १५ वटै नियोगबाट राहदानी वितरण भइरहेको छ। सरकारले मंसिर १ गतेबाट विद्युतीय राहदानी प्रचलनमा ल्याएको थियो।मन्त्रालयकाअनुसार चार महिना बढी अवधिमा १ लाख ४० हजार विद्धुतीय पासपोर्ट वितरण गरिएको छ। सेवाग्राहीको चापलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका र काभ्रेमा हप्ताको दुईपटक इ-पासपोर्ट पठाउने प्रबन्ध मिलाईएको प्रवक्ता लम्सालले जानकारी दिइन्।उनकाअनुसार मन्त्रालयले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र दिने तयारी भइरहेको छ।

-अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...