Wednesday 19th November 2025

करिश्मा एमालेमा हुदा के नहुदा के ?


-तोयानाथ दाहाल/कुवेत

यसको सोझो र छोटो जवाफ ले उत्तर पुरा हुदैन । उनी एमाले मा नहुदा र हुदामा केही फरक पर्दैन भन्न पनि पाईन्छ तर करिस्मा लाई त्यति धेरै अबमुल्यन गर्न मिल्दैन । उनी नेपाली दर्शक माझ मनोरन्जन दिने फिल्मी क्षेत्रमा १६ बर्षको उमेर देखि काम गर्दै आएकी पात्र हुन । उनले सन १९९० देखि २००० सम्म को एक दशक नेपाली सिने जगतमा एकल चर्चा र साम्रज्य नै जमाएकी थिईन ।
एक प्रकारले सडक बाट उठेकी करिस्मा ले मानसम्मान र पहिचान त्यति सजिलै पाएकी होईनन । करिस्मा करिस्मा बनिरहदा पनि उनको शैक्षिक योग्यताबाट स्तर नाप्ने, जाँच्ने र अपमान गर्ने गरेको कुरा उनले गहिरो गरि जब चाल पाईन तब ४२ बर्षको उमेरमा कक्षा ८ नाम लेखाएर आफनै छोरी का भन्दा तल्लो उमेरका नानीहरुसँग स्कुल जान थालिन । उनले ४५ बर्ष को उमेर मा एसइइ पास गरेकी थिइन र अहिले व्याचलरको विधार्थी हुन पुगेकी छन ।
उनी फिल्म मात्र खेलिनन अमेरीका मा गएर काम पनि गरिन र केही बर्ष त्यहाँ बसेर नेपाल फर्किईन र एउटा स्टुडियो पनि खोलिन । सिने जगतबाट कमाएको ख्यातिले उनको धित मरेन । बाबुराम भटटराईको नयाँ शक्तिमा प्रवेश गरेर राजनैतिक यात्रा शुरु गरिन । अहिले आएर आजै का मितीबाट उनी एमाले बनेकी छन । हिजो सम्म समाजबादी पार्टीमा रहेकी करिस्मा मानन्धर अहिले एमाले मा आईरहदा उनलाई पूर्व सहकर्मीको गालीको बर्षा खेप्न पर्ने हुन्छ भने नयाँ राजनैतिक सहयात्री र तिनका कार्यकर्ताहरु स्वागतमा लाग्ने तालीहरुले उत्साहित पनि बनाउला ।
आखिर करिश्मा मा रहेको राजनैतिक महत्वाकांक्षा र राजनैतिक जीजीविषा ले समग्र महिलाहरुको मनोविज्ञान भने बोक्ने नै छ । एमाले मा कदम राखेकी गायीका कोमल ओली लाई एमाले ले स्वागत र सम्मान एकै साथ गरिरहेको अरु कलाकारहरुले पनि हेरिरहेका छन । करिस्मा को एउटा वेग्लै क्षेत्रको उचाई चुमेकी कलाकारको प्रभाव र असर राजनितीमा हुन्न भन्ने कुरा नै हुदैन । उनको एमाले प्रवेशले चुनावी माहौलमा त झन ठुलो प्रभाव राख्छ नै । उनको भविश्य पर्यन्त एमाले राम्रा् व्यवस्थापन गर्न सक्यो भने छुट्टै आर्कषण समेत बढाउला ।
करिश्मा ले एमाले प्रवेश गर्दै गर्दा बोलेका केही कुरा ले उनको बौद्धिकता समेत खारिदै गएको देखिन्छ । महत्वपूर्ण कुरा उनले देखेको के थियो भने एमाले मात्र त्यस्तो पार्टी हो जहाँ महिलाहरुलाई राजनैतिक रुपमा स्थापित हुने बातावरण छ र प्राथामिकता दिईन्छ । जस्तो राष्ट्रपति हुन या शान्ता चौधरी जोे बधुवा मजदुरी गर्दै सांसद बनिन , अथावा करिस्मा जस्तै कला र गलाको क्षेत्रबाट आएकी कोमल ओली लाई सम्मान गर्दै एमालेले सभासद बनाई दियो ।
अर्को कुरा उनले एमाले मा भाग खोज्न वा सौदाबाजी गर्न नआएको प्रष्ट पारिन । यो आफैमा ठुलो सन्देश हो । उनको प्रवेश कार्यक्रममा व्यक्त अर्को कुरा बाट के बुझिन्थ्यो भने हिजो अर्को पार्टीको नेतृ भईरहदा पनि एमाले नेता ओली प्रतिको के्रज विरोधी पार्टी वा समुहका तल देखि माथि सम्मका नेता कार्यकर्ताहरुमा कस्तो रहेछ भन्ने हो । तेश्रो कुरा एमाले को स्पष्ट एजेण्डा र सत्तिशाल जस्ता कार्यकर्ताहरु र सबृद्धीको लागि तय गरेको एमाले को बाटो उनलाई मन परेको पाटो रहेछ । हो बास्तबमा करिश्मा को विश्लेषण मा खोट छैन तर करिश्मा को राजनैतिक सहभागिता ओली रहेसम्म हो की पछि सम्म नै भन्नेमा चाही लामो समय सम्म प्रश्न उठिरहनेछ । उनले पार्टी भन्दा धेरै महत्व अध्यक्षको नेतृत्वलाई दिएको देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

जुलाईमा दक्षिणी प्रान्त स्वेदामा भएको साम्प्रदायिक हिंसाको अनुसन्धानको क्रममा सिरियाको सुरक्षा र सैन्य सेवाका सदस्यहरूलाई हिरासतमा राखिएको छ, जसमा सयौं…

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

प्रतिकृयाहरू
...