Wednesday 28th January 2026

सत्तागठबन्धनको बैठक:-एमसीसी बारेमा कुनै निर्णय भएन


एमसीसीको बिषयलाई  निष्कर्षमा पुर्याउन बसेको सत्तागठबन्धनको बैठक विना निष्कर्ष सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षबिहीन भएको हो । मुलुककमा विकसित राजनीतिक घटनाक्रमका विषयमा गम्भीरतापूर्वक छलफल भएपनि  सहमति अझै जुट्न सकेन तर  एमसीसीलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे गम्भीरतापूर्वक छलफल भएको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकपछि जानकारी दिएका छन  ।

पुन भोलि १० बजे  बैठक बसेर सहमति जुटाउन प्रयास गरिने   मंत्री कार्कीले  बताउदै  सत्ता गठबन्धनका ५ दलमध्ये ४ दल सरकारमा रहेको उल्लेख गर्दै गठबन्धन भित्र फरक फरक विचार भएकाले एमसीसीको विषयमा सहमति जुटाउन प्रयासरत रहेको पनि बताए ।  सरकार सार्वभौम संसदबाट एमसीसी पारित गर्न लागिपर्ने र त्यसतर्फ छलफल केन्द्रीत रहेको पनि  उनले बताए । पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, माओबादी केन्द्र, एकीकृत समाजबादी र जसपा सरकारमा सामेल छ भने रास्ट्रीय जनमोर्चाले सरकारमा सामेल छैन ।सत्ता गठबन्धनका कांग्रेस खुलेर एमसीसीको पक्षमा देखिएपनि अन्य दल माओबादी केन्द्र, समाजबादी र रास्ट्रीय जनमोर्चा खुलेर बिरोधमा छन् भने जसपाका नेता  बाबुराम भट्टराई पक्षिय खुलेर समर्थन गरे पनि उपेन्द्र यादव पक्ष मौन रहेका छन भने उता प्रमुख प्रतिपक्ष् एमाले पर्ख र हेरको अवस्थमा रहेको  देखिन्छ ।

 


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...