Sunday 25th January 2026

एसियाकै नं. एक धनी बने अडानी


भारतीय उद्योगपति गौतम अडानी एसियाकै धनी व्यक्ति बनेका छन्। ब्लुमवर्ग अर्बपति सूचकांकको नयाँ सूचीअनुसार अडानी एसियाकै धनी व्यक्ति बनेका हुन्।

भारतीय अर्बपति अडानी एक उद्योगपति हुन्। उनी भारतको अहमदावादस्थित बहुराष्ट्रिय कम्पनी अडानी समूहका संस्थापक र अध्यक्ष हुन्। ५८ वर्षीय अडानीको कुल आम्दानी ८८.५ बिलियन डलर पुगेको छ।

ब्लुमवर्गले उनीसहित एसियाका १० धनी व्यक्तिको सूची तयार पारेको छ। १० धनी व्यक्तिको सो सूचीमा क्रमशः मुकेश धिरुभाई अम्बानी, झोङ शान्शान, झाङ यिमिङ, जेङ युकुन, मा ह्वाटेङ, ज्याक मा, लि का सिङ, लि शाउ कि, हे सिन्जियानको नाम सूचीकृत छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...