Sunday 28th December 2025

कुवेत एयरवेजले आगामी मे महिनादेखि काठमाडौं लगायत १७ नयाँ गन्तव्यमा उडान भर्ने


तीतोपाटी – कुवेत एयरवेजले आगामी मे महिनादेखि काठमाडौंमा उडान भर्ने घोषणा गरेको छ । कुवेत एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्जिनियर माइन रजाैकीले एक प्रेस विज्ञप्ति जारी गरि काठमाडौं लगायतका १७ नयाँ गन्तब्यमा कुवेत एयरवेजले उडान भर्न लागेको जानकारी दएका हुन् । सिइओ रजाैकीलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार नयाँ गन्तव्य सहित कुवेत एयरवेजको अन्तर्राष्ट्रिय उडान गन्तव्य ५७ पुगेको छ ।

नयाँ गन्तव्य र उडानहरूको सञ्चालनमा मलाक्का, मस्को, साराजेभो, नाइस, सलालाह, शर्म एल शेख, सोहाग, अलेक्जान्ड्रिया, म्याकानोस, बोडरम, ट्राब्जोन, भियना, म्याड्रिड, कासाब्लान्का, म्यानचेस्टर, काठमाडौं र क्वालालम्पुर समावेश हुनेछन्, भनि सिइओ रजाैकीलाइ उद्धृत गर्दै अरब टाइम्सले समाचार प्रकाशित गरेको छ ।

नयाँ गन्तव्यहरू छनोट गर्दा, कुवेत एयरवेजले सबै सामाजिक क्षेत्रहरू, चाहे व्यापार, पर्यटन वा शिक्षाको लागि उच्च माग सहितको सबैभन्दा चाहिने र रुचाइएको गन्तव्यलाई ध्यानमा राखेको थियो भनि उल्लेख गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...