Wednesday 22nd January 2025

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन


तीतोपाटी – प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको अाइतबार बिहान निधन भएको हो ।
गत महिना उनलाइ कोभिड-१९ संक्रमण भएपछि केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो ।

उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका हुन् । भारतको सबैभन्दा ठूलो गैर–सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका हुन् । उनले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी थिइन भने एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी थिइन् ।

उनको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो। पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उनले सङ्गीत सिक्न थालेकी थिइन् भने आफू १३ वर्षको हुँदा पहिलो गीत रेकर्ड गराएकी थिइन् । दिनानाथ त्यस बेला थिएटर कलाकार थिए।


सम्बन्धित शीर्षकहरु

अमेरिकाका रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।…

भारतको कोलकाता स्थित एक सरकारी अस्पतालकी एक चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा सोही अस्पतालका नागरिक स्वयंसेवक रहेका सञ्जय रोयलाई दोषी…

प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता …

प्रतिकृयाहरू
...