Tuesday 24th February 2026

कुवेतले जनवरीमा १,७६४ आप्रवासीलाई देश निकाला गर्यो


तितोपाटी- गत जनवरी महीनामा कुवेत सरकारले कानुन उल्लंघन गरेको आरोपमा १ हजार ७६४ जना आप्रवासीलाई देश निकाला गरेको छ।

कुवेतस्थित गृह मन्त्रालयले मुलुकको शान्ति सुरक्षा कायम गर्न कानुन उल्लंघन गर्ने पक्राउ परेकालाई कानुनी कारबाही अघि बढाइएको जनाएको छ ।

आन्तरिक मन्त्री शेख थामेर अल-अलीलेको नेतृत्वमा थालीएको उक्त अभियानमा कानुन उल्लंघनकर्ताहरुलाई देश निकाला गरिएको हो।

त्यसोत कुवेत आन्तरिक मन्त्रालयले गत २०२१ सेप्टेम्बर देखी धरपकड अभियान थालेको थियो। २०२२ को जनवरी महीनामा १ हजार ७६४ विदेशीलाई देश निकाला गरिएको र तीमध्ये १,०५८ पुरुष र ७०६ महिला कुवेत गृहमन्त्रालयलाई उद्धत गर्दै अरबटाइम्सले लेखेको छ।


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...