Wednesday 25th March 2026

आज सहिद दिवस, ज्ञात अज्ञात सहिदहरूलाइ स्मरण गरि मनाइदै


आज माघ १६ गते अर्थात सहिद दिवस । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ भने सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारक तथा टुडिखेल स्थित सहिद गेटमा ज्ञात अज्ञात सहिदहरुको सम्झना गरिएको छ ।

सहिद दिवसको अबसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचाैर स्थित सहिद पार्कमा गइ सहिदहरूलाइ माल्यार्पण गरि सहिद स्मरण गरेका छन् । प्रधानमन्त्री देउवाले देशको स्वाधीनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्तिहरु नै सच्चा शहीद भएको बताउँदै ज्ञात अज्ञात सबै सहिदहरू प्रति हार्दिक श्रद्वाञ्जली अर्पण गरेका छन् । त्यसै गरि प्रधानमन्त्री देउवाले सहिदको अभिलेख तयार गर्न सम्बन्धीत निकायलाई निर्देशन समेत दिएका छन्।

सहिद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदका सपना साकार पार्ने आँट र हौसला सबैमा मिलोस् भन्दै सुभेच्छासमेत प्रकट गरेकी छन् ।

त्यसै गरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। उनले एक सन्देश जारी गर्नुहुँदै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।

नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र दशरथ चन्दललाइ सर्वप्रथम १९९७ साल माघ महिनामा झुण्डाएर तथा गोली हानेर मृत्युदण्ड दिइएको थियो । त्यसपछि विभिन्न कालखण्डमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरुमा धेरै व्यक्तिहरु सहिद भएका छन् ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि हरेक वर्ष सहिद दिवस मनाउन थालिएको हो । हाल सहिद दिवसलाइ लक्षित गरि हरेक वर्ष सहिद सप्ताहको रूपमा विभिन्न कार्यक्रमहरू गरि मनाउने गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...