Friday 11th September 2026

कविताः आमा -सोमनाथ लुइटेल “रवि पाल्पाली”


मजामा छौ तिमी छोडेर आमाको, मायालाई भूलेर
लालन पोषण गरेको गर्दछौं, अपमान खुलेर

दिलमा तनाव बोकेर आमाले, हुर्काएको बिर्सेछौ
श्रापित जननी भनेर तिमीले, थर्काउन कसिन्छौ

जलाउ गलेका रहेछन् अबत, मर्यादा नै कुल्चेर
फगत हुनेछ सब त्यो सम्झाउ, आउ अब सुल्झेर

कुपात्र नबन कहिल्यै अज्ञानी, दिमागमा आउँदा
पाएको पबित्र मायानै हुनेछ, सुल्झिएर पाउँदा

सकेको गरेसी पाइन्छ भरेसी, कर्तव्यमा रहनु
नैतिक बनेर सेवामा रहेर , विश्वासमा बहनु

-सोमनाथ लुइटेल “रवि पाल्पाली”


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...