Wednesday 2nd July 2025

कुवेतको श्रम बजार २०२१’मा अस्वभाविक परिवर्तन, साढे दुई लाखले छाडे कुवेत


तीतोपाटी, काठमाडौं – कुवेतको श्रम बजारमा सन २०२१ भित्र केही अस्वभाविक परिवर्तन देखिएका छन् । कोरोना संक्रमणका कारण आर्थिक क्षेत्रमा ठूलो असर परेको र यो वर्ष मात्र कुवेतमा रहेका आप्रवासी मध्ये २ लाख ५७ हजारले सधैंका लागि कुवेत छोडेको बताइएको छ ।

जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (पाम)को प्रतिवेदन अनुसार यो वर्ष २१ हजार कुवेती नागरिकले रोजगारी खोज्न आवेदन दिएका थिए ।
त्यस्तै ४१ हजार २ सय घरेलु कामदारले यो वर्ष कुवेत छाडेका छन् । उनीहरू पारिवारिक क्षेत्रका घरेलु कामदार थिए ।
श्रम बजारमा कुवेतीहरूको संख्या यो वर्ष २३ हजारले बढेको छ, जसमध्ये अधिकांश सरकारी क्षेत्रमा छन् ।

कुवेतको श्रम बजारमा २७ लाख मानिस रहेको बताइएको छ । त्यसमध्ये कुवेतीहरू १६.२ प्रतिशत छन् ।
व्यावसायिक श्रमको अभावले भवन तथा निर्माण, कृषि, माछा मार्ने, सरसफाई, सार्वजनिक सेवाका क्षेत्रमा नकारात्मक असर परेको प्रतिवेदनमा उल्लेख गरिएको अरबटाइम्सले लेखेको छ ।

कुवेतको निजामती सेवा आयोग (सीएससी) र पामले निजी क्षेत्रमा कुवेती कामदारको दर बढाउने र केही प्राबिधिक पदमा कुवेतीकरण गर्ने सम्भावनाबारे अध्ययन गरिरहेका छन् ।
२०२१ मा श्रम बजारको तथ्याङ्क यस्तो छ ः–
■ जम्मा घरेलु कामदारहरू ६ लाख ३९ हजार
■ निजी क्षेत्रमा १५ लाख गैर–कुवेती कामदार
■ निजी क्षेत्रमा ७३ हजार कुवेती कामदार
■ सरकारी क्षेत्रमा ३ लाख ४६ हजार कुवेती कामदार
■ जागिर खोज्ने २१ हजार ६ कुवेती कामदार
कोभिड–१९ को सङ्कटलाई मध्यनजर गर्दै सुरक्षा, सरसफाइ सेवा र यातायातका क्षेत्रमा काम गर्ने कम्पनीमा कामदारको अभाव भएको देखिएको छ ।


सम्बन्धित शीर्षकहरु

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

प्रतिकृयाहरू
...