Wednesday 15th April 2026

१२ नेपाली महिलालाई केन्यामा तस्करी गर्ने क्यानडेली व्यवसायीलाई ३० वर्ष जेल


तितोपाटी- क्यानडेली व्यवसायी असिफ अमिरअली अलिभाइ जेठालाई १२ नेपाली महिलाहरु केन्या तस्कर गरेको अभियोगमा पक्राउ गरि ३० वर्षको जेल सजाय सुनाइएको छ । तस्करीका साथै उनीमाथि यात्राका कागजातहरु दुरुपयोग गरेको र मानव तस्करीको प्रचार गरेको समेत आरोप रहेको छ । उनीसँग क्यानडा र ब्रिटेन दुई देशको पासपोर्ट थियो ।
शान्जु कानुन अदालतले उनलाई तीनवटै अभियोगका लागि ३० वर्षको कूल सजायँ सुनाएको छ । यति मात्र नभएर जेठालाई एक देखि दश लाख सोमाली शिलिङको जरिवाना पनि लगाइएको छ । उनले वर्क परमिट बिना व्यवसाय सञ्चालन गर्ने गरेको र अवैध रुपमा विदेशीहरुलाई नियुक्त गर्ने गरेका थिए ।
अदालतका अनुसार जेठाले शोषण गर्ने उद्देश्यले नेपाली चेलीहरुलाई नजरबन्दमा राखेका थिए ।अन्तर्राष्ट्रिय संगठित अपराधिक युनिटका अनुसन्धानकर्ताहरुले २०१९ मा मोम्बासास्थित उनको रंगीला ग्रिल एण्ड बारमा छापा मारेर सबै चेलीहरुको उद्धार गरेको हो । उनीहरुलाई ‘डान्सर’ का रुपमा काम गराउन जेठाले केन्यासम्म तस्कर गरेको बताइएको छ । उद्धार गरिएका मध्ये दुईजना १६ र १७ वर्षीया किशोरी पनि थिए भने आठजना २२ देखि २६ वर्ष उमेरका थिए अनि बाँकी दुईजना ३० वर्षीय महिला थिए ।बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

प्रतिकृयाहरू
...