Wednesday 25th March 2026

कुवेतमा मानव बेचबिखन मुद्दामा बंगलादेशी सांसदलाई ७ वर्ष जेल र जरिवाना


तीतोपाटी – घुसखोरी र मानव बेचबिखनमा मुद्दा खेपी रहेका बंगलादेशी सांसद मोहम्मद शाहिद इस्लाम (काजी पापुल)लाई कुवेतमा ७ वर्ष कैद र २ लाख ७१ हजार केडी(नेपाली रुपैया करिब १० करोड ३० लाख) जरिवानाको सजाय तोकिएको छ।उनलाई ७ बर्षको जेल सजाय पछी कुवेतबाट देश निकाला(डीपोर्ट) गर्न अदालतले आदेश दिएको छ।

उनका बंगलादेशी सहयोगीलाई ३ वर्ष र अरब देशका कर्मचारीलाई ७ वर्षको जेल सजायको फैसला सुनाइएको छ।त्यस्तै अदालतले कुवेतका मानब संसाधन प्राधिकरण(PAM)का तत्कालिन प्रमुखलाई ७ वर्ष कैद र एक लाख ८० हजार दिनार जरिवाना सुनाएको छ।

उक्त घुसखोरी र मानव बेचबिखनको घटनामा संलग्न कुवेत प्रहरीका अधिकृतलाई ७ वर्ष जेल र १९ लाख ७० हजार दिनार जरिवाना गरिएको छ भने एक व्यापारीलाई ४ वर्षको जेल र १९ लाख ७० हजार दिनार जरिवाना तोकिएको छ। तर घट्नामा संलग्न भनी छानबिनमा परेका वर्तमान एक मन्त्रीलाई सफाइ दिएको छ।

यस घटनाका मुख्य आरोपित बंगलादेशी सांसद, उनको सहायक र लेखापाललाई लगाइएको मानव बेचबिखन, प्रभावको दुरुपयोग र आफ्नो कम्पनीको काम सक्न लेनदेन गर्दै घूस लिने-दिने जस्ता धेरै आरोपहरू अदालतले पुष्टी गरेको हो।

फोटो साभार-अरबटाइम्स


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...