Tuesday 13th January 2026

अल मुजैनीले ल्यायो १० लाख रूपैया भन्दा बढीको “नेपाल महोत्सव” विशेष प्रमोसन


तीतोपाटी – कुवेतमा सबैभन्दा धेरै शाखाहरू मार्फत सेवा दिंदै अाएको पुरानो तथा प्रतिष्ठित रेमिट्यान्स कम्पनी अलमुजैनी एक्सचेन्जले नेपाली ग्राहकहरूलाइ लक्षित गरि नेपाली रूपैया दस लाख रूपैयाँ भन्दा बढि धनराशी भएको उपहार कार्यक्रमको शुभारम्भ गरेको छ । अलमुजैनी एक्सचेन्जका नेपाली करिडोर इन्चार्ज राम बस्नेतले तीतोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन् ।

विभिन्न अवार्डबाट सम्मानित कुवेतमा नं. एक रेमिट्यान्स सेवा प्रदायकको रूपमा चिनिएको अलमुजैनीले एक्सचेन्जले समय समयमा ग्राहक लक्षित विभिन्न प्रमोसनहरू दिंदै अाएको छ भने पहिलो पटक नेपाली ग्राहक मात्रै लक्षित प्रमोसन सार्वजनिक गरेको हो ।

अलमुजैनी एक्सचेन्जले ल्याएको यो प्रमोसन यहि नोभेम्बर महिनाको १५ तारिकबाट लागु भइ ११ फेब्रुअरी २०२२ सम्म लागु हुने छ भने यो प्रमोसन नेपाली ग्राहकका लागि मात्र लागु हुनेछ । मुजैनी मार्फत नेपाल भरि अनलाइन,छनोट गरिएका मुजैनी शाखाहरू र वेस्टर्न युनियन प्लेटफर्म मार्फत पैसा पठाउने ग्राहकहरू यो आकर्षक मुजैनी प्रमोसन योजनामा सहभागी हुन सक्ने छन ।

हरेक हप्ता ४ जना भाग्यशाली विजेताहरू छानिनेछन् भने हरेक विजेताले २० हजार नेपाली रूपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् । १३ हप्तासम्म चल्ने यस प्रमोसनबाट प्रति हप्ता ४ जनाका दरले ५२ जना पुरस्किृत हुनेछन् भने मेगा विजेताको रूपमा २ जनाले प्रतिव्यक्ति १ लाख नेपाली रूपैयाको दरले पुरस्कृत भइ जम्मा ५४ जना भाग्यशाली ग्राहकहरू यस प्रमोसनबाट विजेता बनी नगद पुरस्कार जित्न सक्ने अलमुजैनी एक्सचेन्जका नेपाली करिडोरका विजनेस मेनेजर राम बस्नेतले बताए ।

 

अलमुजैनीबाट सार्वजनिक जानकारी जस्ताको तस्तैः

मुजैनी नमस्ते नेपाल महोतस्व** प्रमो सन बाट १ मिलियन भन्दा बढी धनरासी नेपाली रुपैयाँ जित्नुहोस्! 🎁💵
मुजैनि बाट नेपाल पैसा पठाउने ग्राहकहरूले मात्र यस आकर्षक प्रमोसन योजनामा सहभागी हुन पाउने छन ! ग्राहकहरुको तलब मुजैनी मार्फत नेपाल भरि अनलाइन,छनोट गरिएका मुजैनी शाखाहरू र वेस्टर्न युनियन प्लेटफर्म मार्फत पैसा पठाउने ग्राहकलाइ यो आकर्षक मुजैनी प्रमोसन योजनामा सहभागी हुन सक्ने छन !
कुल हप्ता -१३
हरेक हप्ता- ४ विजेताहरू
प्रति विजेता-२०००० नेपाली रुपैया
मेगाविजेता-२ 💰
प्रति विजेता 100000 नेपाली रुपैयाँ
कुल विजेता – ५४ 💰
प्रमोसन अवधि # नोभेम्बर-१५, २०२१ देखि फेब्रुअरी ११, २०२२ सम्म मात्र ।
सर्तहरु लागुहुने छन !!
WIN over 1 million Nepalese Rupee for Namaste Nepal Festival Promotion with Al Muzaini Exchange. 🎁💵
All transactions to Nepal via ONLINE, BRANCHES and WESTERN UNION are eligible for this promotion.
4 x WEEKLY – 20,000 NPR each 💰
2 x MEGA DRAW – 100,000 NPR each 💰
Promotion runs from 15th November 2021 until 11th February 2022
Terms & Conditions Applied…


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...