Wednesday 21st January 2026

कोरोनाको कारण अहिलेसम्म विश्वभर ५० लाखभन्दा बढि मानिसको मृत्यु


तीतोपाटी – करिब २ वर्ष अघि शुरू भइ विश्वभर फैलिएर संसारलाइ चपेटामा पारेको कोरोना महामारीको कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म ५० लाख नाघेको छ । कोरोना महामारी सम्बन्धि विभिन्न ताजा तथ्यांक सार्वजनिक गर्दै आएको वर्ल्डमिटर डट इन्फोका अनुसार अहिले सम्म विश्वभर ५० लाख २४ हजार २ सय ५८ जना मानिसहरूको मृत्यु भएको छ । त्यसै गरि कोरोना महामारीबाट संक्रमित हुनेको संख्या २४ करोड ८० लाख भन्दा माथि रहेको छ भने कोरोना संक्रमित भइ निको हुनेको संख्या २२ करोड ६६ लाख भन्दा बढि रहेको वर्ल्ड मिटर डट इन्फोले तथ्यांक सार्वजनिक गरेको छ ।

हाल विश्वभर कोरोना विरूद्धको खोप अभियान संचालन भइरहेको कारण संक्रमण तथा मृत्युदरमा भने कमी आएको छ तर विज्ञहरूले कोरोनाबाट मृत्यु हुनेहरूको संख्या अझ धेरै भएको हुनसक्ने अनुमान गरेका छन् । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले समेत सार्वजनिक संख्याभन्दा ३ गुणा बढीको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ७ लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ । दोश्रो धेरै संक्रमित रहेको भारतमा ४ लाख ५८ हजार बढीको मृत्यु भएको छ भने तेश्रो धेरै संक्रमित रहेको ब्राजिलमा ६ लाख ७ हजार भन्दा बढिको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ९ लाख ८ हजार १ सय ७ जना संक्रमित भएकोमा ११ हजार ४ सय २७ जनाको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...