Friday 16th January 2026

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको तेश्रो अधिवेशन २९ अक्टूबरमा हुने


तितोपाटी- सुदूरपश्चिमेली नेपाली समाज कुवेतको तेश्रो अधिवेशन यही अक्टूबर २९ तारीख़को दिन कुवेतको रमणिय क्षेत्र कबतस्थित हलमा हुने भएको छ।

विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले, रोजागरी, पेशा तथा व्यवसायको शिलाशिलामा कुवेतमा सुदूरपश्चिमेली युवाहरुको सक्रियतामा सन २०१७ मा “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ सुदूरपश्चिमेली नेपाली समाज कुवेत, गठन भएको थियो।

स्थापनाकाल देखि समाजले विभिन्न उदाहरणिय कार्य गर्दै आइरहेको छ। समाजले तेश्रो अधिबेशनमा कोरोना लगायत विविध समस्याका कारणले पहिलाको वर्ष जस्तो तामझाम गरेर अधिबेशन नगर्ने बताउदै कुवेत कार्यरत विशिष्ट व्यक्तित्व , विभिन्न संघ संस्था , पत्रकार , साहित्यकार , केही गीत संगीतका साथै कुवेत बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुबिच रमाइलो संग सम्पन्न गर्ने योजना बनाएका बताएको छ। समाजको तेश्रो अधिवेशन सम्पन्न गर्नको लागि सिटी एक्सप्रेस मनि ट्रान्सफरले प्रायोजन गरेको छ भने कुवेतमा कृयाशिल मिडियाहरूलाइ समाजले मिडिया पार्टनरको रूपमा राखेको छ ।

सामाजिक सेवामा कृयाशिल यस सुदुरपश्चिमेली समाज कुवेतले आफ्नो तेश्रो अधिवेशनलाइ भव्य र सभ्य रूपमा सफल बनाउनको लागि नेपाली राजदूतावास कुवेत, गैर आवासीय नेपाल संघ कुवेत लगायत कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाइ सकेको जनाउँदै कार्यक्रममा उपस्थितिको लागि सबैमा बिनम्र अनुरोध  गरेको छ । समाजले थालेका सबै कार्यहरुमा साथ सहयोग गर्ने  सम्पुर्ण संघ संस्था र व्यक्तिहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

कार्यक्रम स्थान
आयोजक :सुदुरपश्चिमेली नेपाली समाज कुवेत
कार्यक्रम: तेश्रो अधिवेशन
समय: बिहान ठीक १० बजे
मिति : अक्टूबर २९-यही शुक्रबारको दिन
स्थान :कबत हल
सम्पर्क नं : ६०६८६४३८ / 65585397/60767749/ 69912096


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...