Sunday 7th December 2025

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित


तितोपाटी- माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो ।

नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गर्नुभयो । श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गर्नुभयो ।
खेलको पहिलो हाफको ३३औँ मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । यस्तै खेलको ५१औँ मिनेटमा नेपालका तर्फबाट अन्जन विष्टले गोल गर्नुभयो । खेलको ५७औँ मिनेटमा मार्भिन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गोल गर्दै खेललाई २–१ को अवस्थामा पु¥याउनुभयो । यसैगरी आयुस घलानले खेलको ८६औँ मिनेटमा गोल नेपाललाई ३–१ को अग्रता दिलाउनुभयो ।
खेलको अन्तिम समयमा श्रीलङ्काका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पु¥याए पनि आफ्नो टोलीलाई जित दिलाउन भने सक्नुभएन । लगातारको जितसँगै नेपाल साफ च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेको छ । नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । अब नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्नेछ ।


सम्बन्धित शीर्षकहरु

इजरायल बाह्य मोर्चामा जति नै दबाबमा परे पनि, यसको सबैभन्दा ठूलो दीर्घकालीन चुनौती सीमापारिबाट होइन—घरभित्रबाट उठिरहेको छ। इजिप्ट, टर्की र…

राष्ट्रपति अहमद अल-शाराले शनिबार चेतावनी दिए कि दक्षिणी सिरियामा असैन्यीकृत क्षेत्रको लागि इजरायलको मागले उनको देशलाई खतरामा पार्न सक्छ, किनकि…

भारत र रुसले शिखर सम्मेलन र द्विपक्षीय वार्ता गरेका छन्। प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन बीचको संयुक्त वक्तव्य पनि जारी…

प्रतिकृयाहरू
...